२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

‘शताब्दीमा लायन्स’ पुस्तक लायन्स इतिहासको दस्ताबेज हो- मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ‘शताब्दीमा लायन्स’ पुस्तक लायन्स इतिहासको दस्ताबेज रहेको बताएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२४/२५ का लागि मनोनित डिष्ट्रिक्ट पदाधिकारीको प्रशिक्षण कार्यक्रमको समापन अवसरमा की-नोट स्पिकर प्रमुख आचार्यले उक्त कुरा बताएका हुन् ।

लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर समेत रहेका प्रमुख आचार्यले  ‘शताब्दीमा लायन्स’ पुस्तकमा लायन्सको स्थापनादेखि हालसम्मका सम्पूर्ण गतिविधि समावेश गरिएको बताए । लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सयवर्ष पुग्दा आफू गभर्नर भएको स्मरण गर्दै आचार्यले सोही अवसरमा पुस्तक प्रकाशन गरेको पनि बताए ।

लायन्सबारे धेरै अध्ययन गरेर पुस्तक बजारमा ल्याएको बताउँदै आचार्यले लायन्स एवं ग़ैर लायन्स आम पाठकलाई उक्त पुस्तक निकै उपयोगी हुने विश्वास व्यक्त गर्दै साढ़े दुईवर्षसम्म अध्ययन गरेर पुस्तकको सामग्री जुटाएको जानकारी दिए ।

उनले भने ‘पुस्तक लेख्नुभन्दा पहिला करिब ४ सय जनासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेर लायन्सका विभिन्न पक्ष समावेश गरेर प्रकाशित गरिएको पुस्तक इतिहासको दस्ताबेज भएको र लायन्सलाई अध्ययन गर्न पुस्तकले पुरा गरेको धारणा राखे ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…