२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

लायन्स अन्तर्राष्ट्रियको सहयोगमा निर्मित बिज्ञान प्रयोगशाला भवन हस्तान्तरण

बेनी, म्याग्दी । लायन्स अन्तर्राष्ट्रियको सहयोगमा निर्मित म्याग्दीको बेनी बजारस्थित म्याग्दी बहुमुखी क्याम्पसमा निर्माण  ५ कोठे विज्ञान प्रयोगशाला भवन हस्तान्तरण गरिएको छ ।

लायन्सद्वारा निर्मित विज्ञान प्रयोगशाला भवन कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले सोमवार बिधालयमा आयोजित एक समारोह बीच भवन उद्घाटन गर्दै क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ढुङ्गानालाई चापी हस्तान्तरण छन् ।

विज्ञान प्रयोगशालासहितको भवनमा फिजिक्स, केमेष्ट्री र बायोलोजीका छुट्टा–छुट्टै ल्याब, एउटा कार्यालय कक्ष र अध्यापन कक्षा कोठा रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले जानकारी दिए ।

डिष्ट्रिक्ट ३२५ आइ नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको संयोजनमा लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसनको १ करोड २० लाख र म्याग्दी स्थित क्लब बेनी म्याग्दी र म्याग्दी दोभानको २०/२० गरी एक करोड ६१ लाखमा म्याग्दी क्याम्पसमा साइन्समा अध्ययनरत विद्यार्थीको लागि ५ कोठे भवनसहित विज्ञान प्रयोगशाला निर्माण सम्पन्न भएको प्रोजेक्ट चेयरपर्सन सन्तोष रावलले जानकारी दिए ।

समारोहमा बोल्दै प्रमुख अतिथि बुर्लाकोटीले लायन्सले शिक्षा र स्वास्थ्यसहित विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए । छोटो समयमै भवन निर्माण सहित सुविधायुक्त बिज्ञान प्रयोगशाला बिधालयलाई हस्तान्तरण गर्न सफल भएको बताउँदै आगामी दिनमा यस्ता रचनात्मक कार्य सहयोग गर्ने प्रतिबद्वता जनाए ।

गत बर्ष साविकका डिष्ट्रिक्ट रि–डिष्ट्रिंग गर्दा नेपालमा अन्तराष्ट्रिय सहयोगमा बृद्वी भएको बुर्लाकोटीले बताए । नेपालमा हाल विभिन्न डिष्ट्रिक्टमा १५ वटा स्थायी परियोजनाहरू मार्फ़त २८ करोड़ बराबरको काम भईरहेको बताउदै डाइरेक्टर बुर्लाकोटीले बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू अझै सक्रिय रहने बताए । लायन्स अन्तर्राष्ट्रियका ८ वटा कजेजलाई आधार बनाई प्रस्तावना सहित आवश्यक प्रक्रिया पुर्र्याई लायन्स अन्तर्राष्ट्रियमा प्रोजेक्ट पेश गर्न आव्हान समेत गरेका थिए ।

डिष्ट्रिक्ट ३२५ आई नेपाल संसारले सम्झन योग्य डिष्ट्रिक्ट रहेको बताउदै बुर्लाकोटीले असम्भवलाई सम्भव बनाउन सक्ने व्यक्तित्व चन्द्र केसी रहेको बताए । बिश्वका ७५३ वटा डिष्ट्रिक्टमा डिष्ट्रिक्ट ३२५ आई नेपाल रोलमोडलको रूपमा रहेको लायनवादको क्षेत्रमा विश्वमा इतिहास रचेको बुर्लाकोटीको भनाई थियो ।

प्रोजेक्ट चेयरपर्सन सन्तोष रावलको अध्यक्षता, डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी महेश पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी, पिएमसिसी मनबहादुर रोका, प्रोजेक्टका एडमिनिट्रेटर निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, बेनी नगरपालिका प्रमुख सुरत केसी, क्याम्पस प्रमुख गोरखबहादुर जिसी लगाएतले बोलेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…