25Shares

पोखरा लायन्स क्लव अफ पोखरा पिस प्याराडाइजले श्री हिमालय डाँफे आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेको  । माछापुच्छ्रे—१, कास्कीस्थित उक्त विद्यालयमा अध्ययन गर्ने ३५ जना विद्यार्थीलाई क्लबले सोमवार खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेको हो

विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण वितरण गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिगर्न सबै एकजुट भएर लाग्नुपर्ने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले बताए बालबालिकामा किताबी ज्ञानले मात्र पर्याप्त नहुने हुनाले खेलकुदमार्फत पनि उनिहरूलाई अगाडी बढाउन आवश्यक रहेको ढुंगानाको भनाई थियो

विद्यार्थीहरूको न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले स्टेस्नरी सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष सुरेश न्यौपानेले बताए खेलकुद शैक्षिक सामाग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको क्लबका जोन चेयरपर्सन ज्ञान बहादुर रानाले बताए । कार्यक्रमको संयोजन क्लबका सदस्य सुदीप चौधरीले गरेका थिए ।

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected