
पोखरा । पोखरा–८, सिमलचौर निवासी सामाजिक अभियन्ता शुवाष सिग्देल स्कुल अफ डेमोक्रेसी नेपाल कास्की जिल्लाको अध्यक्षमा मनोनित भएका छन् । राजनैतिक दल, सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रकृयालाई प्रभावकारी बनाउन सहयोग गर्ने उद्धेश्यले स्थापित स्कुल अफ डेमोक्रेसी जिल्ला अध्यक्षको जिम्मेवारी सिग्देललाई दिएको छ ।
सामाजिक क्रियाकलापका माध्यमबाट प्रजातन्त्र, युवा वकालत, नेतृत्व बिकास, सामाजिक शसक्तीकरणलगायतको क्षेत्रमा योगदान पु¥याउने लक्ष्यका साथ सिग्देललाई जिल्ला अध्यक्षको भूमीका दिइएको स्कुल अफ डेमोक्रेसी नेपाल गण्डकी प्रदेशका अध्यक्ष गंगाधर पराजुलीले जारी गरेको नोमिनेसन लेटरमा उल्लेख गरिएकोछ ।
स्कुल अफ डेमोक्रेसीले विभिन्न जिल्लामा शाखा बिस्तार गर्ने क्रममा कास्कीमा पनि शाखा विस्तार गरेको गण्डकीका अध्यक्ष पराजुलीले जनाए । स्कुल अफ डेमोक्रेसीका अध्यक्षमा निर्वाचित सिग्देल कांग्रेस पोखरा महानगरपालिका वडा नं. ८ का निवर्तमान सभापति समेत हुन् ।











