२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

कोत्रे-भत्केको चौकी खण्डमा शाखा बाटो बनाउन माग

पोखरा भ्यूज
पोखरा, ३० जेठ । पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा-मुग्लिन(पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा आज स्थानीयवासी एवम् सरोकारवाला निकायको प्रतिनिधि सहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकाश, लिंक रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराएका हुन् ।
कोत्रे-भत्केको चौकी खण्डमा तल्लो गगनगौंडा लगायतका स्थानमा बजारीकरण बढीरहेपनि राजमार्ग निर्माण भैरहँदा शाखाबाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए । विद्यमान समस्याहरूको समाधानका लागि सहयोग समिति गठन गरी त्यस मार्फत आवश्यक पहलहरू अघि बढाउने भेलामा छलफल भएको उनले बताए । सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भैरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिन भित्रमा हटाउनका लागि सूचना समेत जारि गरिनेभएको उनले जनाए ।
गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले पृथ्वीराजमार्गको निर्माणधिन सडक अन्यत्र छ लेनको भए पनि कोत्रे-भत्केको चौकी खण्डमा मात्रै चार लेन हुनुको कारणबारे प्रश्न गरे । तल्लो गगनगौंडा क्षेत्रमा बाटाको स्वरुप परिवर्तन भएर उचाई बढेको उल्लेख गर्दै उनले यसतर्फ स्थानीयले केही जानकारी पाउन नसकेको बताए ।
सडक निर्माण भैरहँदा शाखा बाटो तर्फ ध्यान नपुगेको र यस क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा अध्यननरत तीन हजार पाँच सय विद्यार्थीका साथै सर्वसाधारण बाटो काट्न पनि समस्यामा परिरहेको उनको भनाइ छ ।
जिल्ला भलिवल संघ कास्कीका उपाध्यक्ष शरणकुमार प्रधानले तल्लो गगनगौडा लगायतका क्षेत्रमा निर्माणाधिन सडककको उचाई धेरै बढ्दा राजमार्ग आसपासका स्थानीयवासी समस्यामा परेको बताए । राजमार्गसँग जोडिएका शाखा बाटो निर्माणतर्फ ध्यान नपुग्नुका साथै हाल भैरहेको नालाले वर्षातको पानीलाई थेग्न समस्या हुने उनले बताए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ का अध्यक्ष किसान परियारले बाटाको स्वरुप परिवर्तनसँगै शाखा बाटो नहुँदा आवतजावतमा परिरहेको समस्याप्रति सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताए ।
पोखरा-मुग्लिन सडक निर्माण आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर नारायणप्रसाद पौडेलले कोत्रे-भत्केको चौकी सडक खण्डमा योजनामा डिपिआरमा शाखा बाटोको व्यवस्था नरहेको जानकारी गराउँदै यसका लागि स्थानीयवासीको पहल भएमा आफ्ना तर्फबाट सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताउँदै आवश्यक कुराहरूलाई सबैको साथ सहयोग एवम् संयुक्त प्रयासमा समाधान गर्न सकिने धारणा राखे ।
तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानी प्रसाद पौडेलको अध्यक्षतामा एवम् नमुना शान्ति मार्गका सचिव राजन खनालले सञ्चालन रहेको कार्यक्रममा ज्ञानज्योति विद्याकुञ्जका प्राचार्य अर्जुप्रसाद अधिकारी, तल्लो गगनगौंडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत थापा, समाजसेवीहरू खेम पुन, प्रकाशचन्द्र पागल, शिबबहादुर थापा, मोहनप्रताप खाँण, विष्णुबहादुर बस्नेत, हरिष्चन्द्र अधिकारी, मित्रबहादुर खत्री, भोजराज खनाल, टंकप्रसाद पौडेल लगायतले बोलेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…