14Shares

पोखरा । गण्डकी प्रदेशको पोखरामा जारी यू-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी १० खेल सकिएका छन् । बुधबार बिहानबाट पोखरा रंगशालामा सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ४ खेल सकिएका हुन् । पुरुषतर्फ भएको पहिलो खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले बराबरी खेलेका थिए । निर्धारित समयमा दुवैतर्फबाट स्कोर हुन नसकिएपछि बराबरीमा रोकिएको हो ।
पुरुषतर्फ दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २-० स्कोरले पराजित गर्‍यो । मधेशले लुम्बिनी प्रदेशलाई ४-०, बागमतीले लुम्बिनीलाई २-१, मधेशले सुदूरपश्चिमलाई ४-० स्कोरले पराजित गरे । यस्तै कणर्ालीले गण्डकी प्रदेशलाई २-० स्कोरले पराजित गर्न सफल भयो ।
महिलातर्फ ३ खेल बराबरीमा सकिँदा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई १-० स्कोरले पराजित गर्‍यो । महिलातर्फ गण्डकी र बागमती, मधेश र कोशी तथा सूदुरपश्चिम र गण्डकी बराबरीमा रोकिए । यी तीन खेलमा दुवैतर्फबाट स्कोर हुन सकेन । महिला र पुरुष दुई इभेन्टमा सञ्चालन भएको प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाएका छन् ।

14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected