२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

वितरक महासंघ गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा ढुङ्गाना

पोखरा । नेपाल वितरक महासंघ, गण्डकी प्रदेश समितिको शनिवार पोखरामा सम्पन्न दोस्रो साधारणसभा तथा अधिवेशनले बद्री ढुङ्गानाको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।

 समितिको वरिष्ठ उपाध्यक्षमा रमेश अधिकारी, उपाध्यक्षमा मनोज अधिकारी, महासचिवमा सुरेन्द्रकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा बिजेन्द्र शर्मा पौडेल चुनिएका छन्। समितिका कार्यसमिति सदस्यहरुमा जितबहादुर खनाल, गुरुप्रसाद नेपाल, ज्ञानेन्द्र गौतम, निरज श्रेष्ठ, हेमन्त बानियाँ, राजाराम शर्मा र बालकृष्ण श्रेष्ठ चुनिएका छन्। ।                          
समितिमा निवर्तमान अध्यक्ष तेजेन्द्र पौडेल सहित प्रत्येक जिल्ला तथा नगर संघका अध्यक्षहरु पदेन सदस्य रहने प्रावधान रहेको निर्वाचन समितिका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । निर्वाचन समितिमा दिलिपकुमार श्रेष्ठ र कृष्णप्रसाद शर्मा सदस्य रहेका थिए।।
यसैबीच अधिबेशनको उद्घघाटन गर्दै नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले वितरक महासंघमा ४३ जिल्ला शाखा र तीन हजार सदस्य रहेको भन्दै  ७७ जिल्लामा नै महासंघको शाखा पुर्याउने र हजारौं वितरकहरुलाई संघमा आवद्व गराउने प्रतिवद्धता ब्यक्त गरे । उनले बिभिन्न उध्योग प्रतिस्ठानबाट उत्पादन हुने उपभोग्य सामाग्री बजार सम्म पुर्याउने काम वितरकले गर्ने भयकोले यस बिषयमा कम्पनिहरुले पनि आवश्यक सहयोग गर्नु पर्ने बताए । उनले सरकारले पनि‌ वितरकका विषयमा आवस्यक सहयोग गर्नु पर्ने आग्रह गरे।
महासंघका निवर्तमान अध्यक्ष सुरेश अधिकारीले अहिले हरेक ब्यवसाय संकटमा रहेको भन्दै व्यवसाय सफल रुपमा अगाडी वढाउन सबै वितरकहरु एकतावद्ध भइ अगाडि बढ्नु पर्ने बताए । उनले महासंघका सदस्यहरुका यावत समस्या ज्यु का त्यु रहेकोले समस्याको समाधान हामी सवै एक भयर गर्नु पर्ने बताए । महासंघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्यले संस्था स्थापना गर्नुका विविध पक्षबारे जानकारी गराए।
कार्यक्रममा नेपाल वितरक महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष तेजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद गौतम, नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, मदिरा ब्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष गोविन्द के सी, अधिकृत विक्रेता संघ दमौली शाखा अध्यक्ष हरि खड्का, महासंघका उपाध्यक्ष रमेश अधिकारी तथा महासंघका महासचिव मनोज अधिकारी लगायतले नेपाल वितरक महासंघले गर्नु पर्ने काम तथा आगामी दिनमा महासंघले सदस्यहरुको संरक्षण, कर्तब्य र ब्यवसायिक अधिकारका बिषयमा आ आफ्ना धारणा राखेका थिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…