112Shares

पोखरा । महिला मात्रको क्लब, लायन्स क्लव अफ पोखरा गण्डकीले डा.अलियामा जोनलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको छ ।
लायन्स अन्तराष्ट्रियको पहिलो महिला मात्रको क्लब पोखरा गण्डकीले  शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याएका व्यक्तित्वलाई प्रत्येक बर्ष उक्त सम्मानबाट सम्मानित गर्दै आइरहेको क्लबका सचिव पूजन शाक्यले बताईन् ।

भारतको केरलामा जन्मिएर पोखरालाई २०१७ साल देखि कर्मभूमि बनाउँदै आएकी शिक्षाबिंद डा.अलियामा जोनलाई शनिवार पोखरामा आयोजित एक समारोहमा ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको शाक्यले बताईन् ।
शैक्षिक बिकाससंगै सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आएकी डा.अलियामालाई कार्यक्रमका प्रमुख अतिथि पत्रकार एवं साहित्यकार बबिता बस्नेतले नगद रु २५ हजार र सम्मान पत्र सहित ‘गण्डकी नारी सम्मान’बाट सम्मानित गरिएको हो । यसअघि सञ्चारकर्मी निर्मला शर्मा, गायीका बाबा राणा, समाजसेवी राधा कुँवर लगायतलाई क्लवले सम्मान गरिसकेको छ ।
क्लवले ११ बर्षदेखि नियमितरुपमा शिक्षा, स्वास्थ्य, वातावरण लगायत समाज सेवाका बिभिन्न क्षेत्रमा कार्य गरेका महिलाहरु मध्येबाट प्रत्येक बर्ष यो सम्मान प्रदान गर्दै आएको क्लवका पूर्व अध्यक्ष एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालका कोचिफ एडभाईजर बिमला श्रेष्ठले बताईन् ।
सम्मान कार्यक्रमा बोल्दै प्रमुख अतिथि बस्नेतले ३७ बर्ष पहिले पोखराका महिलाहरुले मात्र स्थापना गरेको विश्वकै पहिलो महिलाहरु मात्र सम्मिलित क्लवले समाजमा उत्कृष्ट कार्यगर्ने ब्याक्तित्वहरुलाई बर्षैनी सम्मान गर्दै आएकोमा प्रसंशा गरेकी थिईन् । उनले यस पटक गण्डकी लायन्सले नेपालकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने डा.अलियामालाई सम्मान गरेर उत्कृष्ट क्लवकारुपमा स्थापित गरेको पनि बताइन् । उनले भनिन्,‘नेपालमा लायन्स क्लवहरुले समाज सेवाका क्षेत्रमा धेरै महत्वपूर्ण कार्र्यहरु गरेका छन् त्यसमध्ये क्लबले गरेको नारीसम्मान कार्यक्रम झनै उत्कृष्ट रहेको छ । समाज सेवामा लागेका महिलाहरुलाई यस्ता सम्मानले थप उर्जा र हौसला प्रदान गर्ने छ ।’
प्रमुख अतिथि बस्नेतले नेपालमा पछिल्लो समय शिक्षा, चेतनासंगै इन्टरनेट प्रविधिको तिव्र विकासले सामाजिक विखण्डन ल्याउन थालेको बताईन । उनले भनिन्,‘पछिल्लो समय शिक्षा र इन्टरनेट प्रविधिको विकाससंगै समाजमा साइवर अपराध बढाएको छ। ईन्टरनेट, मोवाइल लगायतका प्रविधिपछि समाजमा विभिन्न खालका अपराधिका गतिविधिहरु बढेका छन्।  सामाजिक संजालको माध्यमबाट पारिवारिक बिखण्डनका घटना बढ्दै गएका छन । यस्ता घटनामा महिलाहरु बढी पीडित भएका छन ।विकासक्रमसंगै विनाशका घट्ना बढ्दै गएकाले सचेत बन्ने अवस्था आएको छ।’ उनले पछिल्लो समय शिक्षासंगै सामाजिक विकास भएपनि पुरुषहरुले महिलाहरु प्रति गर्ने ब्यवहारमा खासै सुधार नआएको टिप्पणी गरिन।
कार्यक्रममा बिशेष अतिथि एवं शिक्षाविद जर्ज जोनले लायन्सहरुले समाज विकास र सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए । उनले गण्डकी लायन्से गरेको सय सम्मानले महिलाहरुलाइ सेवाका क्षेत्रमा योगदान गर्न उत्प्रेरित गर्ने बताए ।
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालका द्धितिय भाइस गभर्नर प्रजापति बास्तोलाले नारीहरुको सम्मान गरेमात्र समाज समृद्ध बन्ने बताए । उनले हरेक घरमा पुरुषले गर्ने ब्यवहारमा परिवर्तन आए महिलाले सम्मानित ठाक्ने बताए ।
डा.माया लामाले सम्मानित डा.अलियामाले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउदै उनीबाट शिक्षा लिएकाहरुले मेची, महाकालीसम्म सेवाका क्षेत्रमा रहेको बताइन ।
सम्मानित ब्याक्तित्व डा.अलियामाले महिलाहरुले मात्र नेतृत्व गरेको यस क्लवले गरेको सम्मानबाट गौरवान्वित भएको बताइन । उनले पोखरा क्षेत्रमा आफुले देखेको विगतलाइ सम्झदै क्रमश समाज रुपान्तरण भएको बताउँदै महिलालाइ घर परिवार र समाजमा कार्य गर्ने वातावरण अझै नवनेको उल्लेख गरिन । पोखरामा रहेको पृथ्बीनारायण क्याम्पसको स्थापना गर्न महत्वपूर्ण योगदान गरेका शिक्षाविद जर्ज जोनकी धर्मपत्तनी समेत रहेकी उनले लामो समय यही क्याम्पसमा अध्यापन गराएकी थिइन। झण्डै तिन दशक पृथ्वीनारायण क्याम्पसको अध्यायनपछि जर्ज जोनसंगै लामोसमय पोखरास्थित अमससिंह स्कूलमा अध्यापन गराएकी थिइन ।

क्लबका अध्यक्ष लक्ष्मीकला शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक क्लबका पूर्व अध्यक्ष कोकी मल्ल, शारदा पराजुली, सचिव पुजन शाक्य लगाएतले क्लबका गतिविधि बारे चर्चा गरेका थिए ।

112Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected