२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

वालिङको शसस्त्र गुल्म प्रदेशकै उत्कृष्ट

स्याङ्जा । स्याङ्जाको वालिङ ८ घ्याङलीङमा रहेको शसस्त्र प्रहरी गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ । शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जा गण्डकी प्रदेशकै कार्यसम्पादन, निरिक्षणमा उत्कृष्ट बनेको हो । ४४८.९६ अर्थात ७३.६० प्रतिशत अंक सहित देशभरकै चौँथो र गण्डकी प्रदेशमा प्रथम स्थान प्राप्त गर्दै उत्कष्ट बनेको गुल्मले जनाएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३औँ स्थापना दिवको अवसरमा शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मलाई पुरस्कृत गरिएको छ ।
शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जाका गुल्मपति शसस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीलाई प्रशंसापत्र हस्तान्तरण गरेका थिए । प्रदेशकै प्रथम स्थान हासिल गरेको शसस्त्र प्रहरी बल नेपाल केन्द्रिय निरीक्षण एवं उत्कृष्ट ईकाईहरुको छनौट तथा ईकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० को निरीक्षणको क्रममा गण्डकी प्रदेश अन्र्तगतको गुल्महरु मध्ये उत्कृष्ट गुल्म हुन सफल भएको शसस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मका गुल्मपति देवराज जोशीले बताए ।
स्याङ्जाका विभिन्न क्षेत्रमा हुन विपदका घट्ना देखी उद्धारका काममा शसस्त्र प्रहरीले महत्वपुणर् भुमिका खेल्दै आएको छ । गुल्म स्थायी भएपनि अहिले सम्म जग्गा उपलब्ध हुन नसक्दा अत्यन्तै कष्टकर रुपमा बसेर जनताको सेवा गर्न बाध्य रहेको छ । जिल्लाको मध्यभागमा रहेको गुल्मले बाढीपहिरो, आगालागी, सवारी दुर्घट्ना लगायतमा तत्काल रेस्क्यु गरी सेवा दिदै आउको छ भने पौडी खेल्दा डुबेका, खोलानदीले बगाएका नागरिकको उद्धारमा प्रशंसनीय योगदान गर्दै आएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…