47Shares

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल, क्लस्टर तीन रिजन छ जोन १२ को प्री एडभाईजरी कमिटी मिटिंग सम्पन्न भएको । जोन १२ अन्तर्गतका क्लब लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा बाराही टाउन, पोखरा राईजिङ सन साथै पिस सिटीको स्पोन्सरमा खोलिने क्लब पोखरा गगन राईजिङ सनबाट खोलिने क्लब पोखरा टुरिजम क्यापिटलले बर्ष भरि गरिने कार्यका बारे चर्चा गरिएको थियो

जोन १२ का जोन चेयरपर्सन युवराज खनालको अध्यक्षतामा सम्पन्न मिटिंगमा उक्त क्लबका अध्यक्षहरू क्रमश: दीपेन्द्र चालिसे, चन्द्र कुमारी नगरकोटी, अन्जना गिरीले एक बर्ष भित्र क्लबले गर्ने गतिविधि बारे छलफल गरिएको थियो सो अवसरमा जोन चेयरपर्सन खनालले नयाँ क्लब पोखरा गगनका अध्यक्ष खेमनारायण अधिकारी र टुरिजम क्यापिटलका अध्यक्ष कृष्ण प्रसाद आचार्यलाई खादा अविर लगाई स्वागत गरेका थिए

मिटिंगमा क्लबको भावी कार्य योजना, जुलाई मा डिष्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय शुल्क भुक्तानी, डिष्ट्रिक्ट गभर्नर तथा अन्तर्राष्ट्रिय प्रेसिडेन्टका प्राथमिकतामा रहेका कार्यक्रम, डिष्ट्रिक्टद्वारा प्रकाशित लायन्स वेवसाइट, मोवाईल एप, व्हाटस्एप्स ग्रुप, फेसबुक पेजको प्रयोग, आगामी बर्षको लागी सदस्यजिरो ड्रपयोजना सम्बन्धमा, अवार्ड तथा यसका मापदण्ड सम्बन्धमा, आगामी बर्षको लागि नयाँ क्लब गठन तथा सदस्यता वृद्वि, क्लबहरूको पदस्थापन, यसको महत्त्व आवश्यक, जुलाई मा हरेक क्लबले आफ्नो चियरीङ गर्ने कुनै सर्भिसको कार्यक्रम आयोजना गर्ने लगाएतका विषयमा छलफल भएको खनालले जनाए

मिटिङमा डिष्ट्रिक्ट एक्जुकेटिभ सुदीपराज ढुङगाना, क्लस्टर चिफ बिष्णु श्रेष्ठ, कोचिफ एडभाईजर रेश्मा शेरचन अधिकारी, रिजन चेयरपर्सन सूर्य चपाई लगाएतले लायन बर्ष २०२४/२५ मा डिष्ट्रिक्टले ल्याएको कार्यक्रम सफल बनाउन क्लबले खेल्नु पर्ने भूमिकाका बारेमा आफ्ना धारणा  राखेका थिए

47Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected