२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

जोन १२ को प्री-एडभाईजरी मिटिङ सम्पन्न

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल, क्लस्टर तीन रिजन छ जोन १२ को प्री एडभाईजरी कमिटी मिटिंग सम्पन्न भएको छ । जोन १२ अन्तर्गतका क्लब लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा बाराही टाउन, पोखरा राईजिङ सन साथै पिस सिटीको स्पोन्सरमा खोलिने क्लब पोखरा गगन र राईजिङ सनबाट खोलिने क्लब पोखरा टुरिजम क्यापिटलले बर्ष भरि गरिने कार्यका बारे चर्चा गरिएको थियो ।

जोन १२ का जोन चेयरपर्सन युवराज खनालको अध्यक्षतामा सम्पन्न मिटिंगमा उक्त क्लबका अध्यक्षहरू क्रमश: दीपेन्द्र चालिसे, चन्द्र कुमारी नगरकोटी, अन्जना गिरीले एक बर्ष भित्र क्लबले गर्ने गतिविधि बारे छलफल गरिएको थियो । सो अवसरमा जोन चेयरपर्सन खनालले नयाँ क्लब पोखरा गगनका अध्यक्ष खेमनारायण अधिकारी र टुरिजम क्यापिटलका अध्यक्ष कृष्ण प्रसाद आचार्यलाई खादा अविर लगाई स्वागत गरेका थिए ।

मिटिंगमा क्लबको भावी कार्य योजना, जुलाई १ मा डिष्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय शुल्क भुक्तानी, डिष्ट्रिक्ट गभर्नर तथा अन्तर्राष्ट्रिय प्रेसिडेन्टका प्राथमिकतामा रहेका कार्यक्रम, डिष्ट्रिक्टद्वारा प्रकाशित लायन्स वेवसाइट, मोवाईल एप, व्हाटस्एप्स ग्रुप, फेसबुक पेजको प्रयोग, आगामी बर्षको लागी सदस्य “जिरो ड्रप” योजना सम्बन्धमा, अवार्ड तथा यसका मापदण्ड सम्बन्धमा, आगामी बर्षको लागि नयाँ क्लब गठन तथा सदस्यता वृद्वि, क्लबहरूको पदस्थापन, यसको महत्त्व र आवश्यक, जुलाई १ मा हरेक क्लबले आफ्नो चियरीङ गर्ने र कुनै सर्भिसको कार्यक्रम आयोजना गर्ने लगाएतका विषयमा छलफल भएको खनालले जनाए ।

मिटिङमा डिष्ट्रिक्ट एक्जुकेटिभ सुदीपराज ढुङगाना, क्लस्टर चिफ बिष्णु श्रेष्ठ, को–चिफ एडभाईजर रेश्मा शेरचन अधिकारी, रिजन चेयरपर्सन सूर्य चपाई लगाएतले लायन बर्ष २०२४/२५ मा डिष्ट्रिक्टले ल्याएको कार्यक्रम सफल बनाउन क्लबले खेल्नु पर्ने भूमिकाका बारेमा आ–आफ्ना धारणा  राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…