11Shares

पोखरा । विश्व योग दिवसको अवसर पारी पोखराको नमस्ते पोखरा योग केन्द्रले पोखरा रंगशाला परीसरमा सरसफाइ कार्यक्र्मको आयोजना गरी विश्व योग दिवस मनाएको । सरसफाई कार्यक्रम मा बोल्दै राष्ट्रिय खेल्कुद परिषद्का सदस्य राजेश गुरुङले योगा मानिसको जिबनको लागी महत्वपुर्ण रहने बताए ।

सयौको संख्यामा उपस्थित नमस्ते पोखरा योग केन्द्रका योगीहरुले सर सफाइ कार्यक्रममा उत्साहाप्रद सहभागिता जनाएका थिए

सो अवसरमा केन्द्रका अध्यक्ष शंकर लिगल एबम केन्द्रका सरक्षक गुरु देब वशिष्ठले सयुक्त रुपमा रङ्शालाको लागी वटा डस्विन समेत हस्तान्तरण गरेका थिए ।

पोखरा रङशालाको बक्सिङ प्रशिक्षण हलमा आयोजना भएको औपचारिक कार्यक्रममा फिस्टेल ड्रीम पार्क महतगौडाका सन्चालक कमल बस्नेत, नमस्ते पोखरा योग केन्द्रका उपाध्यक्ष ईन्द्र गिरिले लगाएतले योगशिक्षाको बारेमा आफ्नो भनाई राखेका थिए

अध्यक्ष शंकर लिगलको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिब गङ्गा मरासिनी बराइलीको संचालन रहेको थियो

योग केन्द्रले हरेक दिन बिहान बजे देखि बजे सम्म पोखरा रंगशालाको बक्सिङ प्रशिक्षण हलमा योगअभ्यास गराइरहेको भने हरेक हप्ताको शनिबार महतगौडास्थित फिस्टेल  ड्रीम पार्कमा बिहान :३० बजे देखि खुल्ला रमणीय बाताबरणमा योग अभ्यास गराउने गर्दछ

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected