२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोखरामा १९ औं संस्करणको असारे रोपाई महोत्सव सम्पन्न

पोखरा, १५ असार । पोखरामा १९ औं संस्करणको असारे रोपाई महोत्सव सम्पन्न भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा २३ स्थित फेवाफाँटमा रोपाईँ महोत्सव सम्पन्न भएको हो ।कृषि क्षेत्रको प्रवद्र्धन सहित पर्यटकको आकर्षण बढाउन आयोजना गरेको महोत्सवमा विदेशीसँगै स्वदेशी समेत रमाएका छन् ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । फेवातालको सिरान भागमा भएको उक्त महोत्सवमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश र नेपालको उत्पादन र उत्पादकत्व बृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले फेवाताल संरक्षणमा आफुहरु कटिवद्ध भएको सुनाए । प्रदेश सांसद प्रकाश बरालले पोखराको फेवाताल सहित भ्यू फेवा राउण्ड फेवा परियोजनाले पोखराको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पर्यटकलाई आकर्षित गर्न विदेशीहरुका लागि दौड, नेपालीका लागि दौड, भलिबल प्रतियोगिता, माछा छोप्ने प्रतियोगिता लगायत मनोरञ्जनका कार्यक्रम भएका थिए । यस्तै पर्यटकहरुले हिलो छ्याप्ने र खेल्ने समेत गरेका थिए । परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले असारे रोपाईँ महोत्सवले कृषिसँगै पर्यटकलाई समेत टेवा पुग्ने बताए । ‘पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ “रोपाई महोत्सव“ विगतका बर्ष देखि पोखरा क्षेत्रका विभिन्न स्थानहरुमा उक्त महोत्सव आयोजना गर्ने क्रममा यस बर्ष फेवाफाँटमा उक्त महोत्सव आयोजना गरिएकोे परिषदका अध्यक्ष श्रेष्ठले सुनाए । खेतियोग्य जमिनलाई संरक्षण गरि बाजो जग्गामा खेति गर्न प्रोत्साहन गर्न उक्त महोत्सवले सहयोग पुग्ने बताए ज
महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनिय सहभागिता रहेको परिषदका महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
स्थानीय देविलाल लामिछानेले फेवाफाँटमा उत्पादन हुने जेठोबुढो धान उत्पादनमा कमी हुँदै आएको गुनासो गरे । परिषद तथा स्थानीय आयोजकको रूपमा पोखरा महानगरपालिका वडा नं २३ मार्गी. बगर टोल विकास संस्था रहेका छन ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…