2Shares

पोखरा । केन्पोकाई मार्शल आर्ट खेलको राष्ट्रिय प्रतियोगिता पोखरामा हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा नेपाल केन्पोकाई संघ गण्डकी प्रदेशको व्यवस्थापनमा छैटौं सस्करणको राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता यहि असार १५ गते शनिबारका दिन पोखरा रंगशालामा सञ्चालन हुने केन्पोकाईका मुख्य प्रशिक्षक नाराज खड्का (हरि)ले जानकारी दिएका छन् । प्रतियोगिता एक दिन अगावै सुरु हुने भए पनि मुख्य प्रतिस्पर्धा भने असार १५ गते हुने छ ।

पोखरामा आयोजना हुने प्रतियोगितामा ५ प्रदेशका खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगितामा सुदुर पश्चिम, लुम्बिनी, बागमती, कोशी र आयोजक गण्डकीका खेलाडीहरुले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ विभिन्न ९ वटा तौल समुह र महिलातर्फ ७ वटा तौल समुहमा प्रतिस्पर्धा गराइने तयारी भएको मुख्य प्रशिक्षक खड्काले बताए ।

प्रतियोगितामा महिला र पुरुषतर्फ गरी करिव २ सय खेलाडीहरुको जमघट पोखरामा हुने भए पछि व्यवस्थापनलाई चुस्त बनाइएको छ । बिजेता टिम तथा खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने छ ।

विश्वभर खेलीने केन्पोकाई खेल आत्मरक्षाका लागि उत्कृष्ट खेलको रुपमा लिइने गरिन्छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected