२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

रोटरी क्लब पोखरा प्याराडाईजको दोस्रो पदस्थापन समारोहमा फ़ाउण्डेशन र क्लब बीच सम्झौता

पोखरा ।बाबा फ़ाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाईज बिच सम्झौता भएको छ । विहिवार पोखरा-९, बास्तोलाथरस्थित पोखरा पाटी प्यालेसमा आयोजित रोटरी क्लब अफ पोखरा प्याराडाईजको दोस्रो पदस्थापन समारोहको अवसरमा फ़ाउण्डेशन र क्लबबीच रोटा बर्ष २०२४/२५ मा सहकार्य गर्ने गरी सम्झौता भएको हो ।

फ़ाउण्डेशन र क्लबको संयुक्त आयोजनामा पोखरा आसपासका क्षेत्रहरूमा साक्षरता, खानेपानी, सरसफाई, वातावरण लगाएतका क्षेत्रमा संयुक्त रूपमा कार्य गर्ने गरी उक्त सम्झौता गरिएको फ़ाउण्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिए ।

सोही सम्झौता पत्रमा रोटरी क्लब अफ पोखरा प्याराडाइजको तर्फबाट रोटा बर्ष २०२४/२५ का अध्यक्ष देवेन्द्रराज पराजुली र बाबा फाउन्डेसन नेपालका तर्फबाट संस्थापक अध्यक्ष दिलीपराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बाबा फ़ाउण्डेशनका अध्यक्ष श्रेष्ठ र रोटरी क्लब अफ पोखरा प्याराडाईजका अध्यक्ष पराजुलीले यस सम्झौताले पोखरा र वरपरका क्षेत्रहरूमा स्वास्थ्य, शिक्षा, बालबालिका, वातावरण र सरसफाइका क्षेत्रमा सहकार्य गर्न टेवा पुग्ने बताए ।

यसै बीच रोटरी क्लब अफ पोखरा प्याराडाईजको दोस्रो पदस्थापन सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लब पोखरा प्याराडाईजका निवर्तमान (संस्थापक) अध्यक्ष सुशीला केसी अधिकारीले रोटा बर्ष २०२४/२५ का अध्यक्ष देवेन्द्र पराजुलीलाई पदभार हस्तान्तरण गरेकी हुन् ।

पदस्थापनसँगै क्लब अध्यक्ष पराजुलीलाई पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट गभर्नर ईलेक़्ट कोईरालाले शपथ गराएका थिए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष पराजुलीले नै शपथ गराएका थिए ।

क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न पदस्थापन समारोहमा रोटरीका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद कोईराला, पूर्व डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठ, एसिसेन्ट गभर्नर रमेश प्रसाद कोईरला, गण्डकी एरियामा रहेका विभिन्न क्लबका अध्यक्ष एवं विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सो अवसरमा क्लबद्वारा प्रकाशित वार्षिक समीक्षा सहितको स्मारिका कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएतले लोकार्पण गरेका थिए ।

समारोहमा डिजीइ कोईराला पिडिजी श्रेष्ठले रोटरी सधैं सत्य र न्यायको पक्षमा उभिने भन्दै आफ्नै सक्षमतामा आधारित समाजसेवा नै रोटरीको मूलमन्त्र भएको बताउदै समाज सेवा रोटरी अभियानमा एकमात्र उद्देश्य भएको चर्चा गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सुशीला केसी अधिकारीले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न जिम्मेवारीमा रहि उत्कृष्ट कार्य सम्पादन गर्ने क्लब पदाधिकारी एवं सदस्यलगाएत विभिन्न सहयोगी सामाजिक संघ, संस्थाका प्रतिनिधिलाई मायाको चिनोले सम्मान गरेकी थिईन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…