26Shares

काठमांडौ लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको सल्लाहकार परिषदको बैठक धुलिखेलमा हुने भएको  

असार २१ २२ गते होटल सारथी प्रा.लि, धुलिखेलमा हुने सल्लाहकार परिषदको बैठकमा एक सय बढ़ी डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उपस्थिति रहने डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रमुख सल्लाहकार शैलेन्द्र मोहन भट्टराईले जानकारी दिए

भट्टराईका अनुसार सो बैठकमा लायन बर्ष २०२४/२५ का डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले ल्याएका वार्षिक कार्यक्रमहरूको उत्कृष्ट कार्यसम्पादन गर्न के कसरी लैजान सकिने बिषयमा लिड़रहरूले आफ्नो सल्लाह सुझाव दिने छन्

परिषद बैठकमा डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, क्याविनेट सेक्रेटरी, क्याविनेट ट्रेजरर, पिआरओ ईन चिफ लगाएत डिष्ट्रिक्टका सिनियर लिड़रहरूको उपस्थिति रहने

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले आफ्नो बार्षिक कार्यक्रम, डिष्ट्रिक्टका महत्त्वपूर्ण भावी योजना साथै डिष्ट्रिक्टमा लागूहुने नीति नियम तथा पालना गर्नुपर्ने नयाँ निर्देशन बारे जानकारी गराउने डिष्ट्रिक्टका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले बताए 

26Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected