
पोखरा । बाबा फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा लेकसाईड बिच सहकार्यका लागि सम्झौता भएको छ । आईतवार आयोजित रोटरी क्लब अफ पोखरा लेकराईडको नवौं पदस्थापन समारोहको अवसरमा फाउण्डेशन र क्लबबीच बर्ष २०२४/२५ मा बालबालिका, वातावरण लगाएतका विविध पक्षमा सहकार्य गर्ने गरी सम्झौता भएको हो ।
सम्झौंता पत्रमा उल्लेख भए अनुरुप फाउण्डेशन र क्लबको संयुक्त आयोजनामा पोखरा आसपासका क्षेत्रहरूमा वालवालिका, वातावरणका साथसाथै साक्षरता, खानेपानी, सरसफाई लगाएतका क्षेत्रमा संयुक्त रूपमा कार्य गर्ने गरी उक्त सम्झौता गरिएको फाउण्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिए ।

सम्झौता पत्रमा बाबा फाउन्डेसन नेपालका तर्फबाट संस्थापक अध्यक्ष दिलीपराज श्रेष्ठ र रोटरी क्लब अफ पोखरा लेकसाईडको तर्फबाट अध्यक्ष उपेन्द्र अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । बाबा फाउण्डेशनका अध्यक्ष श्रेष्ठ र रोटरी क्लब अफ पोखरा लेकसाईडका अध्यक्ष अधिकारीले यस सम्झौताले पोखरा र वरपरका क्षेत्रहरूमा स्वास्थ्य, शिक्षा, वालवालिका, वातावरण र सरसफाइका क्षेत्रमा सहकार्य गर्न टेवा पुग्ने बताए ।











