२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

रोटरी महिलाको नेतृत्व हस्तान्तरण

काठमांडौं । रोटरी डिष्ट्रिक ३२९२ को महिला नेतृत्वको हस्तान्तरण भएको छ । काठमाण्डौंमा सम्पन्न  कार्यक्रममा रोटरी बर्ष २०२३/२४ का महिला नेतृत्वका संयोजक हेमा कुमारी अधिकारीले बर्ष २०२४/२५ का संयोजक डा. सुनिती आचार्यलाई पद हस्तान्तरण सम्पन्न भएको हो ।
रोटरी बर्ष २०२३/२४  संयोजक हेमा कुमारी अधिकारीले गत बर्ष महिला सशक्तिरणको लागि दर्जन भन्दा बढि कार्यक्रमहरु आयोजना गरेको जानकारी दिदै महिलाहरुलाई उत्प्रेरणा प्रदान गर्नको लागि बिभिन्न सफल महिलाहरुको सफलताको कथा सुनाउने कार्यक्रम आयोजना गरिएको थियो भने समाजमा राम्रो काम गर्ने महिलाहरुलाई हौसला दिनको लागि अभिनन्दन गरिएको बताईन् ।
महिलाहरुको सशक्तिकरणलाई प्राथमिता दिंदै बिभिन्न बिज्ञहरुसंग अन्तक्रिया गरेर सल्लाह सुझाव दिने र लिने कार्यक्रम आयोजना पनि गत बर्ष गरिएको र स्वास्थ नै धन हो भन्ने नारा लिएर महिलाहरुलाई बिभिन्न खालका स्वास्थ शिक्षा आयोजनाको साथै बदिलिंदो समयमा नारीत्वलाई फरक ढंगले बुझ्नुपर्ने उदेश्य लिएर अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसैगरी, महिलाको नेतृत्व विकास गरी उद्यमशिलाताको विकास गर्नको लागि सम्भावित चुनौति र अवसरहरुको बारेमा समेत अन्तक्रिया कार्यक्रको आयोजनाको गरिएको थियो भने देशको आर्थिक विकासको लागि महिलाहरुको भूमिका सम्बन्धमा अन्र्तक्रिया कार्यक्रमहरु पनि आयोजना गरिएका थिए ।

संयोजक हेमा कुमारी अधिकारीले गत बर्ष आयोजना गरिएका कार्यक्रमहरुमा देशको बिभिन्न निकायमा नेतृत्व गरेका बिज्ञहरु पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, सांसद डा. स्वर्णिम वाग्ले, पूर्व सचिब डा. शंकर कोईराला, नेपालको पहिलो महिला डिष्ट्रिक गर्भनर जया राज्यलक्ष्मि शाह, महिलावादी वत्ताहरु लिली थापा, सरु जोशी लगायत अन्य बिभिन्न बिशिष्ट महानुभावहरुले कार्यक्रममा उपस्थित भई सल्लाह, सुझाव दिएर महिलाहरुलाई नेतृत्व लिनको लागि उत्प्रेरित गरिएको थियो ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…