२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई मा जादु शक्ति कहाँबाट आउँछ ? – लम्साल

पोखरा । लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालले डिष्ट्रिक्ट ३२५ आई नेपालमा जादुशक्ति कहाँबाट आउँछ ? भनि प्रश्न गरेका छन् ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत क्लस्टर ३ रिजन ५ जोन १० का क्लबहरूको संयुक्त पदस्थापन समारोहमा पदस्थापन अधिकृत समेत रहेका एलसिआईएफ एरिया लिडर लम्सालले उक्त कुरा बताएका हुन् ।

लम्सालले भने, ‘ मलाई यति धेरै ख़ुशी लागेको छ की यति भव्य पदस्थापन देखेको थिईन, संसार यहि छ ज़स्तो लाग्छ, जादु शक्ति कहाँबाट आउँछ डिष्ट्रिक्ट आईमा तपाईहरूले गरेको जादुले डिष्ट्रिक्टले यो उपलब्धि प्राप्त गरेको छ र हामी नेतृत्वमा बस्नेलाई तपाईहरूका असल कार्यले नै शिर उच्च बनाएको छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लम्सालले डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना सहित चार वटा क्लब लायन्स क्लब अफ पोखरा अभियान, पोखरा जननी, पोखरा आईटी र पोखरा सेवा अभियानका क्लब अध्यक्षसहितका पदाधिकारीलाई पदस्थापित गराएका थिए ।

समारोहमा जननी नारी सम्मान पोखरा–४ गणेश टोल निवासी समाजसेवी बर्ष ७१ की नन्दु कोईराला र बर्ष ७९ की इश्वरी कोईरालालाई कार्यक्रमका प्रमुख अतिथि एलसिआईएफ एरिया लिडर राजन लम्साल र डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले सम्मान गरेका थिए ।

समारोहमा लायन बर्ष २०२३/२४ का अध्यक्षहरू अभियानका मात्रिका पोखरेल, जननीका शान्ती अधिकारी, आईटीका ई. सनरोज़ गुरूङले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यहरू प्रस्तुत गरेका थिए भने बर्ष २०२४/२५ का अध्यक्षहरू क्रमशः दिनेश भण्डारी, इन्दु कोईराला, ई दिनेश महर्जन र नयाँ क्लब सामाजिक अभियान भवानी अर्यालले कार्यकाल शुभारम्भदेख़ि हालसम्म सम्पादन गरिएका कार्य र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

पदस्थापन समारोहमा बोल्दै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले हाल सम्म डिष्ट्रिक्टका ४५ वटा क्लब पदस्थापित भईसकेको बताउदै डिष्ट्रिक्टले धेरै उपलब्धि हासिल गरेको बताएका थिए ।

लायन्स क्लब अफ पोखरा अभियानका बर्ष २०२३/२४ का अध्यक्ष मात्रिका पौडेल र पोखरा जननीका बर्ष २०२४/२५ का अध्यक्ष इन्दु कोईरालाले अध्यक्षता गरेको कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य केसीले डिष्ट्रिक्टले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउदै सहयोगी हातप्रति आभार व्यक्त गरेका थिए ।

अभियानका सचिव बिनोदराज आचार्य र जननीका सचिव लक्ष्मी ढुङगानाको संचालनमा रहेको समारोहमा डिष्ट्रिक्ट को–अर्डिनेटर प्रेम दाहालले स्वागत र आईटीका अध्यक्ष सनरोज़ गुरूङले धन्यवाद ज्ञापन गरेका थिए।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…