पोखरा । विभिन्न प्रकोप विपत्तीमा परेर ज्यान गुमाउनेहरूको नाममा पोखरामा दीप प्रज्वलन गरिएको छ । त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परी दुईवटा बस त्रिशूली नदीमा खसि चालकसहितका बेपत्ता यात्रु, बाढ़ी पहिरोलगाएत अकालमा ज्यान गुमाएकाको स्मृतिमा गत सोमवार पोखराको पृथ्वीचोकमा दीप प्रज्वलन गरिएको थियो ।
लायन्स क्लब अफ पोखरा बाराही टाउनले आयोजना गरेको श्रद्धाञ्जली एवं दीप प्रज्वलनमा दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै गहिरो दुःख व्यक्त गरिएको कार्यक्रमका संयोजक एवं बाराही टाउनका संस्थापक अध्यक्ष कृष्णाश्रेष्ठ (रोजी)ले बताईन् ।संयोजक श्रेष्ठले विभिन्न दुर्घटना परेर ज्यान गुमाउनेहरूको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिन् ।
श्रद्धाञ्जली एवं दीप प्रज्वलन कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले अल्पायुमै दुर्घटनामा परीज्यान गुमाउनेप्रति गहिरो संवेदना प्रकट गरे ।
संयोजक श्रेष्ठले डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानासहित सम्पूर्ण टिम, विभिन्न संघ/संस्थाबाट उपस्थित अध्यक्ष एवं प्रतिनिधिहरू अकालमा परी ज्यान गुमाउनेको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भएकोमा सबैप्रति आभार एवं धन्यवाद व्यक्त गरेकी थिईन् ।