काठमांडौं । लायन्स क्लव अफ काठमाडौं तारकेश्वरले स्थापनाको १०औ बर्ष विविध कार्यक्रम गरी मनाएको छ । क्लबले स्थापना दिवसको अवसरमा डिष्ट्रिक्टको महत्वकांक्षी कार्यक्रम भोकालाई भोजन अन्तर्गत फुड वैंक अन्तर्गतका कार्यक्रम सम्पन्न गरेको हो । फुड़ बैक अन्तर्गत राजु चालिसे, राम प्रसाद घिमिरे र शारदा वोहोराले १/१ मुरी अन्न वापत १६ हजार ५ सय तुलसालय आश्रम फ़ाउण्डेशनमा प्रदान गरेका छन् । आश्रममा अपाङगता हाम्रो आत्मीयता अन्तर्गत फ़ाउण्डेशनका अध्यक्ष सिता सुवेदी सरुलाई व्हीलचियर हस्तान्तरण गरिएको क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट एक्जुकेटिभ राजु चालिसेले बताए ।
स्थापना दिवसका दिन आफ्नो होम टाउन मकवानपूरमा रहेका क्लबका अध्यक्ष रामकुमार श्रेष्ठले मकवानपुरस्थित ॐ बृद्दाश्रममा आश्रित बा/आमाहरुको खाना वापत १३ हजार ५ सय रूपैया प्रदान गरेका छन् ।

सुक्रवार काठमांडौमा सम्पन्न कार्यक्रम लायन्स क्लव अफ काठमाडौं तारकेश्वरका प्रथम उपाध्यक्ष सिता घलेको अध्यक्षता, एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मल्टिपल को–अर्डिनेटर पिएमसिसी मनवहादुर रोका, मल्टिपल को–अर्डिनेटर पिडिजी इन्दु लम्साल, को–चिफ एडभाईजर जनार्दन फुयाल, डिष्टिक्ट एजुकेटिभ पदम लाल सापकोटा, एलसिआईएफ डिष्टि्क्ट को–अर्डिनेटर रामहरी सिलवाल, जोन चेयरपर्सन प्रविन भट्टराईलगाएतको उपस्थिति रहेको थियो ।







