२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

श्रेना युनिसेक्स एकेडेमीको दुवईको क्यूटी लाविषसँग व्यवसायिक सम्झौता

पोखरा । पोखराको पृथ्वीचोकमा संचालित श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमी प्रा.लि. को युएइ (दुवई) सरकारबाट मान्यता प्राप्त क्यूटी लाविष ब्यूटी सेलोनसँग व्यवसायिक सम्झौता भएको छ ।

संस्थाका निर्देशक शान गार्सिया र प्रबन्धक जुलियाना सिल्वाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख भए अनुसार नेपालको पोखरामा संचालित श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमी प्रा.लि दुवईमा संचालनमा रहेको क्यूटी लाविष ब्यूटी सेलोनको एक अधिकृत व्यवसायिक साझेदार हो । २०२४ जुन १ देखि २०२५ अप्रिल सम्मका लागि सबै ब्यूटी सैलुन, पार्लर कोर्सहरू चलाउनको लागि ब्याबसायिक सम्झौता पत्र प्रदान गरिएको जनाइएको छ ।

श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमीका संचालक सर्मिला रानाभाटले भनिन्, ‘पोखरामा पहिलो पटक हामीले दुवई सरकारबाट मान्यता प्राप्त क्यूटी लाविष ब्यूटी सेलोनबाट ब्याबसायिक सम्झौता पत्र पाउँन सफल भएका छौं । यस एकेडेमीबाट महिला, पुरुष सबैको लागि सौन्दर्य सम्बन्धी कुनै पनि प्रकारको तालिम प्राप्त गरी आफुलाइ दक्ष सौन्दर्यकर्मी बनाइ फाइदा उठाउन सक्नुहुनेछ ।’ उनले थप स्पष्ट पार्दै भनिन् यस ब्युटी एकडेमिमा तालिम प्राप्त प्रमाणपत्र वैदेशिक रोजगारको लागि मान्यता प्राप्त हुने भएको हुदाँ सौन्दर्य सम्बन्धी वैदेशिक रोजगार पनि सजिलै पाउन सकिन्छ ।’

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…