२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबरदेशमुख्य खबरविदेश

परराष्ट्रमन्त्री राणा र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच  नेपाल–भारत सम्बन्धका विविधपक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय विदेश सचिव विक्रम मिश्री, नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलगायत रहेका थिए। त्यस्तै नेपाली पक्षबाट भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया विभाग प्रमुख भ्रिगु ढुंगानालगायत रहेका थिए।

भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्री राणाले उल्लेख गरेकी छन्। ‘नेपालको परराष्ट्रमन्त्रीका रूपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु,’ मन्त्री राणाले भनेकी छन्।

त्यस्तै भारतसँग व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायतका समग्र पक्षको समीक्षा भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

दुवै पक्ष नियमित द्विपक्षीय संयन्त्रलगायत विभिन्न तहमा संलग्नतालाई निरन्तरता दिन सहमत भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास परराष्ट्र मन्त्री राणाको छ। ‘भारतीय विदेशमन्त्री एस जयशंकरसँग आज नयाँदिल्लीमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसीसहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थपबलियो बन्ने अपेक्षा मैले गरेको छु,’ भेटपछि मन्त्री राणाले भनेकी छन्।

भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री राणा पाँच दिने भ्रमणमा आइतबार नयाँ दिल्ली गएका हुन्। उनको यो पहिलो विदेश भ्रमण पनि हो। उनी भदौ ६ गते स्वदेश फर्किनेछिन्। 

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालको दुई दिने भ्रमणका गरेका थिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि  भारतको तर्फबाट मिश्रीको भ्रमण भएको थियो। 

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…