२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पदस्थापन समारोहमा चार्टर हस्तान्तरण

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत क्लस्टर २ रिजन ४ जोन ७ को क्लबहरूको पदस्थापन समारोहमा चार्टर हस्तान्तरण गरिएको छ ।

डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले लायन्स क्लब अफ पोखरा गुडविलको स्पोन्सरमा गठित नयाँ क्लब पोखरा रिटर्नी र पोखरा पिपल चौतारीद्वारा स्पोन्सर गरिएको क्लब पोखरा हवाईटको चार्टर हस्तान्तरण गरेका हुन् । पोखरा कोरिया रिटर्नीमा संस्थापक अध्यक्षमा ईश्वर बहादुर केसी र हवाईट हाउसमा सर्मिला रानाभाट संस्थापक अध्यक्ष रहेका छन् ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा ताल बाराही, पोखरा पिपल चौतारी, पोखरा गुडविल, पोखरा कोरिया रिटर्नी र पोखरा हवाइट हाउसका क्लब अध्यक्ष एवं पदाधिकारीलाई गभर्नर ढुङगानाले पदस्थापित गराएका थिए ।

कार्यक्रममा लायन बर्ष २०२३/२४ का अध्यक्ष तालबाराहीका लोकेश सुनार, पिपल चौतारीका बसन्त कार्की र गुडविलका अध्यक्ष बिपिन सुवेदीले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्य प्रस्तुत गरेका थिए । त्यस्तै, लायन बर्ष २०२४/२५का अध्यक्ष हरू क्रमशः प्रकाश गिरी, बालकृष्ण न्यौपाने, डोलराज अर्याल साथै नयाँ क्लबका अध्यक्ष ईश्वर बहादुर केसी र सर्मिला रानाभाटले कार्यकाल सुरूपछि हालसम्म सम्पादन गरिएका कार्य र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।

लायन्स क्लब अफ पोखरा गुडविलका बर्ष २०२३/२४ का अध्यक्ष बिपिन सुवेदी र पोखरा पिपल चौतारीका बर्ष२०२४/२५ का अध्यक्ष बालकृष्ण न्यौपाने अध्यक्षता गरी दुई चरणमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य बहादुर केसी पदस्थापित अध्यक्षहरूको कार्यकालको सफलता शुभकामना व्यक्त गरेका थिए ।

बर्ष २०२४/२५ का पिपल चौतारीका सचिव शुभकार उप्रेती र तालबाराहीका सचिव लेखनाथ पहारीद्वारा संचालित कार्यक्रममा लायन्स क्लब अफ पोखरा गुडविलका संस्थापक अध्यक्ष अमृत प्रसाद तिवारीले स्वागत र लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीका द्वितीय उपाध्यक्ष एसपी अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । क्लस्टर २ का क्लस्टर चिफ भावना बसेलले क्लस्टर अन्तर्गतका गतिविधि प्रस्तुत गरेकी थिईन् ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…