२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

पोखरामा डायमण्ड मेला हुदैं

पोखरा । पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो ।
पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा मेला हुन लागेको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । सोही अवसरमा क्रिस कञ्चन ज्वेलरीमा डायमण्डको सोरुम पनि उद्घाटन गरिने अध्यक्ष गुभाजूले जानकारी दिए ।
मेलामा डायमण्ड खरिदमा विशेष छुट दिइने उनले बताए । मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलामा हिराबाट बनेका फूल, औंठी, हार, टप, झुम्का लगायतका गहनाहरु राखिने उनले सुनाए । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौं, उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताको बारेमा जानकारी गराउँदै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं । यो पटक हामीले पोखरामै सोरुमको पनि शुभारम्भ गर्दैछौं ।’
तिज तथा डायमण्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरुमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिए ।
हिराका गहना काठमाडौंमा बढि प्रचलनमा रहेकाले पोखरामा पनि डायमण्डको गहना उपलब्ध गराउन कञ्चन क्यापिटल लागिपरिरहेको उनले बताए । पोखरामा डायमण्डको सोरुम थिएन् । सबै काठमाडौं जान्थे,’ उनले भने, त्यसैले यताको ग्राहकलाई पोखरामै सुविधा दिउँ भन्ने उद्देश्यले सोरुम स्थापना गरेका हौं ।’

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…