२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरमनोरन्जन

११औं संस्करणको ‘मिस पोखरा’ असोज १७ गते

पोखरा । आगामी असोज १७ गते ११ औं संस्करणको ‘मिस पोखरा’ हुने भएको छ । पोखरा जेसीजको आयोजना ईभेन्ट फर यूको व्यवस्थापनमा मिस पोखरा–२०२४ हुने मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

सन् १९९५ मा पहिलो १९९९ सम्म लगातार, २०१३, २०१५ देखि २०१८ सम्म १०औं संस्करण सफ़लता साथ सम्पन्न गरी पछि रोकिएको एघारौं संस्करणको मिस पोखरा–२०२४ को लागि प्रारम्भिक चरणमा जुटेको कार्यक्रम संयोजक कृष्ण सुनारले जनाए ।

ईभेन्ट फर यू को व्यवस्थापनमा हुने प्रतियोगितामा १२ कक्षा उत्तीर्ण भई २५ बर्ष उमेर ननाघेका युवा अविवाहित नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा पस्फुटन गराउने उद्देश्यका साथ सौन्दर्य प्रतियोगिता हुन लागेको ईभेन्ट फर यूका अध्यक्ष विशाल गुरूङले बताए ।

सौन्दर्य प्रतियोगिताको लागी तयारी थालिएको छ, मंगलबारदेखि नै आवेदन फर्म खुला भएको अन्तिम मिति असोज २ गतेसम्म रहेको संयोजक सुनारले जानकारी दिए । सो मितिसम्म १२ उत्तीर्ण गरेको र १७ देखी २५ बर्ष सम्मका अविवाहित नारीहरु प्रतियोगितामा सहभागी हुन पाउने सुनारले बताए ।

संयोजक सुनारका अनुसार असोज ३ गते प्रतियोगिताका अडिसन हुनेछ । प्रतियोगिताको बिजेताले ताज, स्कुटर, ५० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । साथै, मिस पोखरा २०२४ ले मिस नेपालमा सिधै सहभागी हुन पाउने पोखरा जेसिसका अध्यक्ष देवराज शर्माले बताए । उनका अनुसार फस्ट रनर अपले ताज, ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।

त्यस्तै, सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्ने छन् । यस्तै वेष्ट पर्शनालिटी, ट्यालेण्ट, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटो जेनिक, भ्यूअर च्वाईस, पपुलारिटी र ईन्टेक्ट बिद्यागत रुपमा टाईटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए ।

अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरुलाई अभिमुखीकरण र परामर्श, आवश्यक तालिम, फोटो सुट, ट्यालेण्ट सो लगायत गतिविधिमा सामेल गरिने ईभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङले बताए ।

सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले समाज रुपान्तरण र युवाहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ। यस वर्षको मिस पोखरा प्रतियोगिता पनि संस्थाको यही उद्देश्यलाई अघि बढाउँदै, युवतीहरुको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित हुने अध्यक्ष शर्माले बताए । १०औं संस्करणको मिस पोखरा २०१८ को उपाधी सारा बजिमयले जितेकी थिईन ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…