सूर्य बाँस्तोला
भलाम–मौजा (पोखरा) । पोखरा महानगरपालिका वडा नं. २० भलाम मौजाले आयोजना गर्न लागेको वडास्तरीय तीज गीत मेलाको तयारी पूरा भएको छ । बुधवार संचालन हुने तीज गीत प्रतियोगिताको तयारी पूरा भएको वडा नं २० का वडाध्यक्ष गंगा बहादुर क्षेत्रीले बताए ।
गत वर्ष झै यस वर्ष पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर महिला दिदी बहिनीहरुलाई दरखाने कार्यक्रमका साथ उक्त प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।
वडा कार्यालय परिसरमा संचालन हुने उक्त तीजगीत प्रतियोगितामा प्रथम पुरस्कार १२ हजार, दोस्रो पुरस्कार १० हजार, तृतीय पुरस्कार ८ हजार र सान्त्वना पुरस्कार २ टीमलाई ३-३ हजार, उत्कृष्ट नृत्यको लागि ३ हजार, उत्कृष्ट भेषभूषा ३ हजार र उत्कृष्ट शब्द, विन्यास लयलाई ३ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन भएको छ ।


