२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरामा हुने दोस्रो क्याविनेट मिटिङ तयारी तीव्र

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको आउँदो शुक्रवार र शनिवार पोखरामा हुने दोस्रो क्याविनेट मिटिङलाई तीव्र बनाईएको छ ।

आईतवार दोस्रो क्याविनेट बैठकका मूल आयोजक समितिका संयोजक डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईको अध्यक्षता डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना र पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको बिशेष उपस्थितिमा सम्पन्न भेलामा मिटिङका लागि गठित विभिन्न १९ उप–समितिका संयोजकहरुले आ–आफ्नो कार्य प्रगतिको बिवरण पेश गरेका छन ।

दोस्रो क्याबिनेट बैठक सम्पन्न गर्नका लागि भट्टराई संयोजक रहेको मूल आयोजक समिति गठन गरिएको छ भने समितिको सह–संयोजकमा डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त र फ़ाईनान्सियल एडमिनिट्रेटर सूर्य नारायण बराल, सचिवमा, कोषाध्यक्ष र सह–सचिवमा डिष्ट्रिक्टका को–चिफ एडभाईजरहरू क्रमशः ऋषि गिरी, शान्ता थापा भण्डारी र अमृत शोभा खत्री रहेका छन् ।

आवश्यक तयारीको लागि बिभिन्न १९ वटा उप–समितिले आफ्नो जिम्मेवारीलाई पूर्णता दिएको सह–संयोजक हरिराज पन्तले जानकारी दिए ।
बिभिन्न १९ वटा उप–समिति मध्ये रजिस्ट्रेसन संयोजकमा शान्ता देवी थापा भण्डारी र सदस्यहरुमा क्लस्टर चिफहरू, गण्डकी एरियाका रिजन चेयरपर्सन र जोन चेयरपर्सन सदस्य रहेका छन् ।

पोखरा एरियामा रहेका अधिकांश क्लब अध्यक्षसहितको डिष्ट्रिक्ट पदाधिकारीको भेलामा ७०० बढ़ीको प्रतिबद्वता आएको छ भने रजिष्ट्रेसनको अन्तिम दिनसम्म काठमांडौंसहित धवलागिरी क्षेत्रको समेत गरी १५ सय बढ़ीको सहभागिता रहने भण्डारीले बताईन् ।

अर्थ एवं बिज्ञापन संकलन तथा ब्यबस्थापन समिति संयोजकमा सुर्य नारायण बराल र स्मारिका प्रकाशन समितिमा संयोजक अमृत शोभा खत्री, किट ब्याग ब्यबस्थापनमा संयोजक हरिराज पन्तले हालसम्मको तयारी बारे प्रतिवेदन प्रस्तुत गरेका थिए । 

त्यस्तै, होटल ब्यबस्थापन संयोजक भिष्मराज पौडेल, भोजन ब्यबस्थापन संयोजक शिव बहादुर खड्का, स्वास्थ्य ब्यबस्थापन संयोजक राम प्रसाद गुरुङले तयारी सम्बन्धमा आफ्ना भनाई राखेका थिए ।
यसैगरी, सचिवालय ब्यबस्थापन समितिमा संयोजकमा ऋषि गिरी, स्वागत सत्कारमा संयोजकमा बसुधा भट्टराई, हल तथा स्टेज ब्यबस्थापन संयोजक युवराज खनाल, प्रचार प्रसार संयोजक टंकराज अधिकारी, यातायात तथा ट्राफिक ब्यबस्थापन संयोजक सुदिप राज ढुंगाना, सांस्कृतिक तथा मनोरञ्जन संयोजक सुरेन्द्रमान शिंह भण्डारी, भिडियो तथा फोटो डिलाराम लामिछाने, स्टल ब्यबस्थापन संयोजक रहमोहन सुवेदी र मायाको चिनो ब्यबस्थापन गंगा बिलाश लोहनीसहितका संयोजकहरूले पनि आफु संयोजक रहेको समितिको तयारी सम्बन्धमा आ-आफ्ना भनाई राखेका थिए ।
डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको यस बर्षको नारा ‘मानवता पहिलो प्राथमिकता’ अन्तर्गत रहेर सेवाका कार्यक्रमहरु अगाडि बढाइरहेको बताउदै डिष्ट्रिक्टले प्राप्त गरेको उपलब्धिप्रति प्रसन्नता व्यक्त गरेका थिए ।
२ सय १४ वटा लायन्स क्लब आवद्ध रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालमा सदस्य संख्या ४ हजार ६ सय बढीरहेको डिष्ट्रिक्ट सेवा र सदस्यताका हिसावले संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल रहेको क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले बताए । 

दोस्रो क्याविनेट मिटिङ मूल आयोजक समितिका सदस्य सचिव ऋषि गिरीको संचालनमा रहेको तयारी भेलामा निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले क्याविनेट मिटिङ सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक सुझावसहित मन्तव्य राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…