पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल, क्लस्टर ३, रिजन ६ अन्तर्गत जोन ११ को पहिलो जोन मिटिङ सोमबार सम्पन्न भएको छ ।
बैठकमा जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा अमरबुद्व, पोखरा अर्पण, पोखरा न्यू भिजन र सुपर भिजनका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको सहभागीता रहेको थियो ।
बैठकमा लायन्स क्लब अफ पोखरा अमरबुद्वका अध्यक्ष मन्जु कार्की, पोखरा अर्पणका राधा पाण्डे, पोखरा न्यूभिजन सुरेन्द्र बिश्वकर्मा र सुपर भिजनका सचिव सन्तोष रसाईलीले (अध्यक्ष, सचिव, कोषाध्यक्षको प्रतिवेदन) क्लबले हालसम्म सम्पादन गरेका कार्य र बाँकी कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
लायन्स अन्तरराष्ट्रियको बिधी बिधान अनुसार जोन चेयरपर्सनले एक बर्षे कार्यकालमा आफ्नो माताहतमा रहेका क्लब लिएर कम्तिमा ४ वटा जोन मिटिंग गर्नुपर्ने प्रावधान रहेको छ । जसमा पहिलो मिटिंगमा वार्षिक कार्ययोजना सम्बन्धि छलफल, दोश्रोमा सदस्यता बृद्धि, तेश्रोमा लिडरशिप र चौथोमा बर्ष भरि गरेका कार्यहरूको समिक्षा सहित फेलोशिपलाई प्राथमिकता दिईने जोन चियरपर्सन राजकुमार बि घिमिरेले बताए।
घिमिरेका अनुसार प्रथम जोन मिटिङमा डिष्ट्रिक्ट र अन्तर्राष्ट्रियले प्रथामिकतामा राखेका कार्यक्रमको प्रभावकारी कार्यन्वयन, क्लबको अन्तर्राष्ट्रिय, मल्टिपल र डिष्ट्रिक्ट शुल्क भुक्तानी, नयाँ क्लब गठन तथा सदस्यता वृद्धि, एलसिआईएफ लगाएत डिष्ट्रिक्टका अन्य कोषमा योगदान तथा यसको दीर्घकालीन प्रभाव, स्कुलिङ प्रोग्राममा क्लबले गरेका कमिटमेन्ट, डिष्ट्रिक्टको वेवसाईट, व्हाट्एपप्स र फ़ेसबुक पेजको प्रयोग र यसको प्रभावकारीता, डिष्ट्रिक्टको दोश्रो क्याबिनेट बैठकमा सहभागीता साथै ईसामे एरिया फोरममा रजिष्ट्रेसन लगाएतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ एडभाइजर शैलेन्द्र मोहन भट्टराईले लायन्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउदै क्लबहरूले सामाजिक कार्यलाई निरन्तरता दिई उत्कृष्ट कार्य सम्पादन गरेकोमा गर्व महशुष गरेको बताए ।
जोन चियरपर्सन घिमिरे अध्यक्षतामा सम्पन्न बैठकमा डिष्ट्रिक्टका को–चिफ एडभाईजर शान्ता देवी थापा भण्डारी, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, क्लस्टर चिफ बिष्णु श्रेष्ठ, रिजन चेयरपर्सन सूर्यचापागाईंलगाएतले क्लबले गरेका कार्यको उच्च प्रसंसा गर्दै लायन्सले गर्नुपर्ने काम, कर्तव्य र उत्तरदायित्वको बारेमा प्रकाश पारेका थिए ।
बैठकमा लायन्स क्लब अफ पोखरा पोखरा अर्पणका रन्जना थापा, अमरबुद्वका सह–सचिव हिमानी गुरूङले हालसम्म क्लबले सम्पादन गरेका कार्य प्रगति प्रस्तुत गरेका थिए भने अमरबुद्व र अर्पणका कोषाध्यक्षद्वय मन्जु कार्की र शान्ती थापाले क्लबको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ग्लोबल कजेज चेयरपर्सन हिरा भण्डारी, क्लस्टर को–चिफ रेश्मा शेरचन न्यू भिजनका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद पाण्डे, अमरबुद्वका प्रथम उपाध्यक्ष इन्दिरा पौडेल, अर्पणका प्रथम उपाध्यक्ष अनामिका थापालगाएतको उपस्थिति रहेको थियो ।