२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरपर्यटन

पर्यटकलाई निशुःल्क बसोबास र खानपान

पोखरा भ्यूज
पोखरा, ११ असोज । ४५ औं विश्व पर्यटन दिवसका दिन शुक्रबार स्थल मार्गबाट पोखरा आएका तीन पर्यटकलाई विशेष सम्मानसहित स्वागत गरिएको छ । पोखराको अम्मटमा आयोजित समारोहमा पर्यटक बसबाट सबैभन्दा छिटो पोखरा आइपुगेका तीन विदेशी पर्यटकलाई यो सम्मान गरिएको हो ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले ती पर्यटकलाई संघले निशुःल्क बसोबास र खानपानको व्यवस्था पुरस्कारस्वरुप मिलाएको जानकारी दिए । अतिथि रिसोर्ट एण्ड स्पाः, ग्लेसियर होटल र होटल क्राउन हिमालयजले संघका तर्फबाट ती पर्यटकलाई बसोबास र खानपानको व्यवस्था मिलाएका हुन् । पर्यटन दिवसका अवसरमा पोखरा आउने सबै पर्यटकलाई संघले होटलका कोठाको प्रकाशित दररेटमा २० प्रतिशत छुटको समेत व्यवस्था गरेको थियो । हवाई मार्गबाट पोखरा आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम भने प्रतिकूल मौसमका कारण प्रभावित हुन पुग्यो ।
स्थल मार्गबाट आउने पर्यटकलाई राष्ट्र बैंक चोक स्थित पर्यटक बसपार्कमा बाजागाजासहित स्वागत गरिएको हो । पोखरा पर्यटन परिषद्को अगुवाईमा तय भएका पर्यटन दिवसका चार दिवशीय कार्यक्रम अन्तर्गत, रेवान पोखराद्वारा मिनी सडक महोत्सव, भिटोफ गण्डकीद्वारा घरबास कार्यक्रम, परिषद्द्वारा टक सो, नारा पोखराद्वारा जलयात्रा, एनटीभीएद्वारा पर्यटक सवारीको र्याली, टान गण्डकीद्वारा पदयात्रा, नाट्टा गण्डकीद्वारा रक्तदान तथा पर्यटकको स्वागत र पर्यटन मन्त्रालय गण्डकी लगायत विभिन्न संघसंस्थाबाट आरती तथा पर्वतीय दौड जस्ता कार्यक्रम समेटिएको छ । पर्यटन र शान्ति भन्ने मूल नारासाथ आयोजित पर्यटन दिवसका कार्यक्रम शनिबार सकिने छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…