
पोखरा भ्यूज
पोखरा, १२ असोज । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२४/२५ को महत्वाकांक्षी योजना हो फुड बैक । फुड बैंक एउटा अभियान हो, यसको मूल नारा छ– हुनेले दिएर जाऔं, नहुनेले लिएर । परापूर्व कालमा नेपाली समाजको प्रचलनमा रहेको ‘धर्म भकारी’ भन्ने अभ्यासलाई केही परिमार्जन गर्दै डिष्ट्रिक्ट ३२५ आई नेपालले यो बर्षको लागि फुड बैंकको अवधारणा अघि सारेको छ ।
यसै कार्यक्रमलाई पूर्णता दिन लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल क्लस्टर तीन अन्तर्गतका सात वटा क्लबले माछापुछ्रे गाउँपालिका–३, घाचोकमा शनिवार एक कार्यक्रमका बीच दिर्घरोगी, अपाङ्ग, असहाय एवम् विपन्न परिवारका २८ घरपरिवारलाई फुड बैक मार्फ़त खाद्य सामग्री उपलब्ध गराएको छ ।

जनजागरण विकास केन्द्र र क्षमता फाउन्डेसन माछापुछ्रे-३, घाचोकको स्थानीय व्यवस्थापनमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ पोखरा अमर बुद्ध, पोखरा अर्पण, पोखरा अभियान, पोखरा इन्फर्मेसन टेक्नोलोजी, पोखरा फरक अभियान, पोखरा ग्लोरी र पोखरा जननीको संयुक्त आयोजनामा लक्षित वर्गका लागि दैनिक भान्छामा प्रयोग हुने सामग्री उपलब्ध गराएको छ ।
क्लबले प्रति घर परिवारका लागि ५ हजार रूपैया बराबरको चामल, तेल, दाल, चिउरा, चिनी, चियापती, मसला, नुन, केराउ, चना, मैदा, आटालगाएतका खाध्य सामग्री उपलब्ध गराएको क्लस्टर ३ का क्लस्टर प्रमुख बिष्णु श्रेष्ठले जानकारी दिएकी छन् ।
लायन्स क्लब अफ पोखरा अमर बुद्वका अध्यक्ष मन्जु कार्कीको अध्यक्षता, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यता, माछापुछ्रे गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हरिशचन्द्र लम्सालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर एवं गण्डकी क्षेत्रका फुड बैक संयोजक हरिराज पन्त, को–चिफ एडभाईजर शान्ता थापा भण्डारी, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, क्लस्टर ४ र ५ का क्लस्टर प्रमुख दिल बहादुर थापा र नगेन्द्रराज बराल लगाएत सात वटै क्लबका पूर्व अध्यक्ष एवं क्लब पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले डिष्ट्रिक्टको नारा मानवता पहिलो प्राथमिकता अन्तर्गत फुड बैक महत्वपूर्ण कार्यक्रम रहेको बताए । फुड बैकको अवधारणा बारे बताउदै गभर्नर ढुंगानाले नेपाली समाजमा परम्परागत रुपमा पैँचोको प्रचलन रहेको थियो, जसलाई धर्म भकारीको संज्ञा दिई संकलन गरेर राखिन्थ्यो । उक्त पैंचो विपद र अभावका बेला यस्तो कार्यको महत्व बढी हुने गर्थ्यो । यसलाई नेपाली समाजको प्रचलनमा रहेको ‘धर्म भकारी’ भन्ने अभ्यासलाई केही परिमार्जन गर्दै डिष्ट्रिक्ट ३२५ आई नेपालले फुड बैकलाई अघि सारेको गभर्नर ढुंगानाले बताए ।
गभर्नर ढुंगानाले हुने र सक्नेले खाद्यान्न दान गर्ने र नहुने विपन्नले लिएर जाने गरी स्थापना गरिएको फुड बैंकबाट धेरैलाई राहत मिल्ने भनाई राखेका थिए । उनले फुड बैक क्लबको सम्पती हो, माग़ र आवश्यकता हेरेर वितरण गर्न सकियोस् र क्लबलाई यस्ता अवधारणा कार्यान्वनयन गरिँदा लक्षित वर्गको पहुँच र स्वभावमा विशेष ख्याल गरिनुपर्ने भनाई ढुंगानाले व्यक्त गरेका थिए ।
खाध्य सामग्री वितरण गर्दै वडाध्यक्ष लम्सालले निम्न आए स्रोत भएका २८ घरधुरीलाई राहत वितरण गरेकोमा लायन्स परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।
जनजागरण विकास केन्द्र एवं क्षमता फाउन्डेसनका अध्यक्ष बुद्वी मिजारले विजया दशमीको पूर्वसन्ध्यामा दिर्घरोगी, अपाङ्ग, असहाय एवम् विपन्न परिवारलाई खाध्य सामग्री उपलब्ध गराएको र स्थानीय व्यवस्थापन गर्ने जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ पोखरा फरक अभियानका सचिव विजय खनालको संचालन रहेको कार्यक्रममा क्लस्टर चिफ बिष्णु श्रेष्ठले स्वागत र संयोजक जोन ९ का जोन चेयरपर्सन हरिहर पराजुलीले उपस्थित सम्पूर्णलाई धन्यवाद मन्तव्य राखेका थिए ।











