39Shares

पोखरा भ्यूज

पोखरा, १२ असोज । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल जोन १४ अन्तर्गतका क्लबहरूको संयुक्त आयोजनामा बृहत निःशुल्क डेण्टल क्याम्प एवं दन्त सचेतना सम्पन्न भएको

जोन अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा ग्लोबल लेकसिटी, पोखरा हेरिटेज, पोखरा सानिमा, उद्धमी एभरेस्टको संयुक्त आयोजना डेण्ट केयर न्यूरोडको प्राविधिक सहयोगमा शनिवार बृहत निःशुल्क डेण्टल क्याम्प एवं दन्त सचेतना सम्पन्न भएको हो  

लायन्स क्लब अफ पोखरा सानिमाका अध्यक्ष हिमालदेवी गुरूङको अध्यक्षता, डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट कोचिफ एडभाईजर अमृत शोभाखत्री, डिष्ट्रिक्ट एक्जुकेटिभ सोबित पौडेल, क्लस्टर का क्लस्टर चिफ़ दिल बहादुर थापालगाएत डिष्ट्रिक्टका सिनियर लिडर सहभागीता रहेको कार्यक्रममा क्लबका अध्यक्ष, पूर्व अध्यक्ष एवं क्लब पदाधिकारीको उल्लेख्य उपस्थिति रहेको पोखरा हेरिटेजका अध्यक्ष हरि केसीले बताए

कार्यक्रममा डेण्ट केयर सेण्टरका डा, पुरन बिक को नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सेवा उपलब्ध गराएको थियो भने क्याम्पबाट १०० जना बढ़ीले उपचार सेवा लिएका थिए

39Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected