२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
खबर

पोखरा-९, शिवटोलका ५ घर परिवारलाई खाद्यन्नसहित लत्ता कपडा वितरण

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा बाराही टाउन र राईजिङ सनले पोखरा–९, शिवटोलका ५ घरपरिवारलाई खाद्यन्नसहित लत्ता कपडा वितरण गरेको छ ।

लायन्स क्लब अफ पोखरा बाराही टाउनका अध्यक्ष चन्द्रकुमारी नगरकोटीको अध्यक्षतामा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक़्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट एम्बासडर रोजी श्रेष्ठ, ग्लोबल कजेज चेयरपर्सन आरती अधिकारी, रिजन चेयरपर्सन सूर्य चपाई, जोन चेयरपर्सन युबराज खनाल, लायन्स क्लब अफ पोखरा राईजिंग सनका अध्यक्ष अन्जना गिरी, पूर्व अध्यक्ष राजकुमार ढकाल र दुर्गा रन्जित लगाएतको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ पोखरा बाराही टाउनका सचिव रिता रानाको सञ्चालन रहेको कार्यक्रममा राईजिंग सनका पूर्व अध्यक्ष दुर्गा रन्जितले स्वागतसहित कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेकी थिईन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…