
पोखरा भ्यूज
पोखरा । सुखावती च्यारिटी स्टोरद्वारा पोखरा, काठमाडौँ र लम्जुङ्गका आर्थिक अवस्था न्यून भएका ५१ जना घर परिवारहरुको निम्ति खाद्य सामग्री वितरण गरिएको छ ।
संस्थाको बार्षिक कार्यक्रम हाम्रो पनि दशैँ अन्तर्गत काठमाडौँमा ४० जना, पोखरामा ५ जनाको परिवारलाईखाध्य सामग्री प्रदान गरिएको सुखावती च्यारिटी स्टोर पोखरा इन्चार्ज जुना श्रेष्ठले बताईन् । सोही कार्यक्रम अन्तर्गत शुक्रवार लमजुंगमा ६ परिवारलाई रोटरी क्लब अफ पोखरा प्याराडाइजका सचिब दिपक गुरुङ मार्फत हस्तान्तरण गरिसकेको छ।
शुखावती च्यारिटी स्टोर ड्याम साईड पोखरामा सोमवार सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडा अध्यक्ष राधिका कुमारी शाही, पार्दी माध्यमिक विद्यालयका प्राध्यनाध्यापक बामदेव पौडेल, लायन्स क्लब अफ सुन्दर नगरीका सदस्य पदम ढकाल, ड्याम साइड टोल सुधार समितिका सदस्य एवं सुखावती स्टोर्सकातर्फबाट संस्थापक चिज मान गुरुङ, पोखरा इन्चार्ज जुना श्रेष्ठ तथा अन्य कर्मचारी र विभिन्न व्यक्तिहरुको उपस्थितिमा एक कार्यक्रम गरी उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

हाम्रो पनि दशैँ अन्तर्गत सुखावती स्टोर्समा विभिन्न व्यक्ति तथा परिवारहरुको निम्ति आवस्यक खाध्य सामग्रीवितरण गर्नका लागि पोखराका शितल गुरुङ र सिनियर सर्जेन्ट प्रबिण गुरुङले आफ्नो ढोगभेट कार्यक्रममा गुरुङ समुदायमा प्रचलित बाटो छेक्ने परम्परागत रितिरिवाजको दिन उठेको नगद ४० हजार रकम उपलब्ध गराएको थियो । उनीहरूलाई १ बोरा चामल, मिक्स मसला, नुन, चिनी, चियापत्ती, दाल, तेल तथा पोषण सातु प्राप्त गरेका थिए।
सुखावती च्यारिटी स्टोर, काठमाडौँमा ३ स्थान र पोखरा ड्याम साइडमा एक गरी ४ स्थानबाट सामाजिक इन्टरप्राइजको रुपमा अगाडी बढ्दै गरेको पोखरा इन्चार्ज जुना श्रेष्ठले बताईन् ।
उनका अनुसार स्टोरमा हरेक सामग्री १० रूपैयाँबाट सुरु हुने गर्दछ । यो एक च्यारिटी थ्रिफ़्ट स्टोरको रुपमा रहेकोले हरेक व्यक्तिद्वारा लगाउन पर्ने तर नलगाईएको डोनेट गर्न सकिने छ ।











