२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबरदेशपर्यटन

पर्यटन व्यवसायी गौतमको शालिक अनावरण

पोखरा भ्यूज

पोखरा  । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी हिमाल नजिकै पर्यटन व्यवसायी सुदीप गौतमको शालिक अनावरण गरिएको छ । कास्कीको उत्तर पश्चिममा रहेको पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई विश्वमा चिनाउने पर्यटन व्यवसायी गौतमको बुधबार शालिक अनावरण गरिएको हो ।

माछापु्च्छ्रे गाउँपालिका वडा नम्बर ९ सिदिङमा जन्मिएका गौतम २०७९ असोज १४ गते शुक्रवार खानेपानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर ३५ वर्षको उमेरमा मृत्यु भएको थियो ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीलगाएतले गौतमको शालिक  अनावरण गरेका हुन् ।

नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य समेत रहेका गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए ।

नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत रहेका गौतम नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल(टान)मा समेत आवद्ध थिए ।

सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको एक्प्लोर गर्ने र यसको प्रवद्र्धनमा ठूलो भूमिका खेलेका थिए । गौतमकै योगदान स्वरुप मर्दी पदयात्राले अहिले विश्वभर चर्चा कमाएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…