२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबरमनोरन्जनसाहित्य

विभिन्न व्यक्तित्वहरुलाई सम्मान

पोखरा भ्यूज
पोखरा । साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङमय प्रतिस्ठानले शुभकामना आदान प्रदान कार्यक्रमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पोखरामा मंगलबार सो कार्यक्रम पोखराका वरिष्ठ शिक्षासेवी जोर्ज जोनको प्रमुख आतिथ्यतामा भव्यरुपमा सम्पन्न भएको थियो ।

सम्मानित हुनेहरुमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाकार दामोदर ढकाल दिपक, मुटु रोग विषेशज्ञ डा. बिश्वराज बराल, प्रथम शीत ईश्वर कृष्णबहादुर केसी, फिल्म निर्देशक घनश्याम लामिछाने, ब्रम्हाकुमारी विनिता पराजुली, साहित्यकार रविन्द्र माकाजु, तेक्वान्दो प्रशीक्षक निसान कार्की, संस्कृतिकर्मी तथा नृत्य निर्देशक टकबहादुर गुरुङ्ग, कलाकार कृष्णबहादुर सुनार र युवा उद्घोषक दीपेन्द्र शाही (देवेन्द्र) हुन् ।
उनीहरुलाई दोसल्ला, माला, मेडल सहित सम्मानपत्र प्रदान गरिएको हो ।
कवियित्री सकुन ज्ञवालीलाई विभिन्न संघसंस्थाले कदर एवं सत्कार पत्र, मायाको चिनोसहित भव्यरुपमा सम्मान गरेका थिए । सोही कार्यक्रममा छायाँकार विशाल बयलकोटी पनि सम्मानीत भए ।
प्रतिस्ठानका अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा यमबहादुर पौडेलले स्वागत मन्तव्य र संचालन संचारकर्मी दीपेन्द्र शाही (देवेन्द्र) ले गरेका थिए ।

साहित्य सम्राट देशभक्त सिंह कुँवरले आफ्नो मन्तव्य व्यक्त गर्दै आफू ७ वर्षको उमेर देखि नै सिर्जनामा लागेको बताए । आफू सिर्जनामै रमाउने भन्दै बिना कारण टीकाटिप्पणी नगर्न अनुरोध गरे। निरन्तर लेखिरहने भन्दै उनले हरेक दिन सिर्जना ल्याए पनि नसकिने दावी गरे । कुनै दिन संसार छोडेर जानुपर्ने र जाँदा आफ्नो सम्पत्ति भनेकै सिर्जना मात्र बाँच्ने हो भने । जीवनशैली कसरी बढाउने भन्ने कुरा आफूले आफैँलाई चिन्नुपर्ने उनको भनाई थियो। आफू यो क्षेत्रमा लाग्नुको मुख्य प्रेरणाको स्रोत बुवा आमा भएको बताए ।
वरिष्ठ शिक्षासेवी जोर्ज जोनले कसैलाई सम्मान गर्नु उसको लागि प्रेरणा र ऊर्जा दिनु भएकोले यस कार्यमा कुँवर परिवारको सक्रियताको प्रशंसा गरे ।
विम्ब कवि रमेश श्रेष्ठले यो कार्य कसैको प्रतिभाको कदर र उर्जा प्रदान गर्नका लागि हो भने । समाज परिवर्तनका लागि देशभक्तका बुवाले योगदान गर्नुभएको बताउँदै आमा बुवाको नाममा पनि संस्था गर्न सुझाव दिए । उनले आमा बुवा भनेको देवताका पनि देवता भएको बताए ।
छन्दनायक माधव वियोगीले संर्घषको बेला, प्रगति हुन लाग्दा कुरा काट्नेले काटिरहने भएकाले त्यसको वास्ता गर्नु नहुने बताए ।
कवयित्री सकुन ज्ञवाली, साहित्यकार पुष्कर अथक रेग्मी, शिक्षसेवी क्षेत्रबहादुर कुँवर, फिल्म निर्देशक घनश्याम लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जोन, शिक्षासेवी क्षेत्रबहादुर कुँवर, कलाप्रेमी रामदेवी कुँवर, साहित्य सम्राट देशभक्त सिंह कुँवर, प्रतिस्ठानका अध्यक्ष प्राध्यापक डाक्टर कृष्ण केसी विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका हुन् ।
कार्यक्रमका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरूको उपस्थिति थियो । सो अबसरमा दसै तिहार , नेपाल सम्बत, छठ पर्वहरूको अपसरमा शुभकामना आदानप्रदान गरिएको थियो भने सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…