२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कास्की र पर्वत जोड्ने भुरुङ्दी खोला पुल बन्ने

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । कास्की र पर्वत जोड़ने भुरुङ्दी खोला पुल आयोजनाको स्थलगत अनुगमन भएको छ । जिल्ला समन्वय समिती कास्की, अन्नपूर्ण गाउँपालिका कास्की र सडक डिभिजन कार्यलय पोखराको टोलिद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका-८ र पर्बत जिल्लाको मोदि गाउपालिका-१ जोड्ने भुरुङ्दी खोला पूल आयोजनाको स्थलगत अनुगमन गरिएको अन्नपूर्ण गाउँपालिका कास्कीका प्रवक्ता भरतमान गुरूङले जानकारी दिए ।

जिसस प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल , अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णु बहादुर के सी , कास्कीका समन्वय अधिकारी नवराज बराल, सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बाँस्तोला सहित प्राबिधिक इन्जिनियर ,निर्माण व्यवसायी सम्मिलित टोलीले अनुगमन गरेको हो ।

सडक डिभिजन कार्यालय बागलुङ मातहतमा करिब ९ बर्ष अगाडि सम्झौता भए पनि हालसम्म करिब चालीस प्रतिशत काम समेत सम्पन्न हुन नसकेको सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख नवराज बाँस्तोलाले जनाए ।

भर्खरै सडक डिभिजन कार्यालय कास्कीको मातहतमा हस्तान्तरण भए लगत्तै निर्माण कार्य अगाडि बढाउन पहल कदमस्वरूप सो अनुगमन गरिएको र छठ पर्व लगत्तै समन्वय बैठक मार्फत समाधानको उपाय खोजेर तत्काल निर्माण कार्य अगाडि बढाउने निर्णय भएको जनाईएको छ ।

खोलाका निर्माण पूरा गर्ने लक्ष्यमा मृत सन्जिबनी निर्माण कम्पनीले निर्माण कार्य शुरु गरेर हाल निर्माण कार्य प्राय ठप्प सो पूल सडक सडक डिभिजन कार्यालय बागलुङमा २०७२ मंसिर ८ मा सम्झौता भएर साढे दुई बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि हाल सम्म ४० प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

४० मिटर लम्बाइको दुई लेनको सो पूलको कुल लागत अनुमान ८ करोड ८८ लाख भएपनि ६ करोडमा निर्माण सम्झौता भएको सडक डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख बास्तोलाले जानकारी दिए।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…