२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

देउसी भैलोसहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पोखरा भ्यूज

पोखरा । पोखरा क्षेत्रमा रहेका रिजन चेयरपर्सनहरूको संयुक्त आयोजनामा दशै तिहार लगाएतका पर्वलाई मध्यनजर गर्दै देउसी भैलोसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत पोखरा क्षेत्रमा रहेका ७ वटा रिजन चेयरपर्सनहरूको आयोजनामा लायन्स लायन्स वीच आपसी भाईचारा एवं सद्भाव बढ़ाउने उद्देश्यले शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको रिजन ३ का रिजन चेयरपर्सन ज्ञान बहादुर रानाले बताए ।

एसआर केसी बेन्क्यूट माटेपानी पोखरामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका संस्थापक डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल लगायत डिष्ट्रिक्टका सिनियर लिडरहरूको उपस्थिति रहेको थियो ।

देउसी भैलोका लागि चर्चित लोकदोहरी गायक राम्जी पौडेललगाएत कलाकारहरू बिकास नेपाली, कमला सुनार, सुनिमा गुरूङले भरपूर मनोरंजन गराएका थिए ।

रिजन ३ देख़ि ८ सम्मका रिजन चेयरपर्सन ज्ञान बहादुर राना, जिवन प्रकाश श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, सूर्य चपाई, बुद्वी बहादुर खत्री, निरा कोईराला र १० का रिजन चेयरपर्सन मेनका श्रेष्ठले सो कार्यक्रमको संयोजन गरेका थिए ।

कार्यक्रममा छुट्टै माहोल सृजना गराउनका लागि तयार पारिएको उत्कृष्ट रंगौली कलाकृति बनाउने स्मृति गिरीलाई बिशेष सम्मान गरिएको थियो ।

सो अवसरमा बोल्दै डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले नेपालीका मौलिक कला संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तव्य रहेको बताए ।  उनले चाडवाड मनाउने क्रममा समाजमा देख़िने बिकृती बिसंगतीलाई चिर्दै मानवीय संबेदनासंग जोडिएर सामाजिक रुपान्तरणको लागि काम गर्नु आवश्यक रहेको भन्दै नेपालीका सम्पूर्ण चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।

गभर्नर ढुंगानाले शुभकामना मन्तव्य राख्ने क्रममा गत असोज महिनामा मुलुकका विभिन्न ठाउँमा भारी वर्षातका कारण भएको भौतिक तथा मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका थिए ।

त्यस्तै, डिष्ट्रिक्टका संस्थापक डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले डिष्ट्रिक्टले मल्टीपलमा मात्र नभई लायन्स अन्तर्राष्ट्रियमा समेत डिष्ट्रिक्ट आई को पहिचान कायमै राखेकोमा गर्व गर्दै डिष्ट्रिक्ट आई का कार्यक्रम अन्य डिष्ट्रिक्टमा चर्चा हुने गरेको बताए । विशेष गरी, संस्थापन कार्यकालदेख़ि कार्यक्रम समयमा सुरू गर्ने समयमा अन्त गर्ने, कार्यक्रमका दौरानमा खादा र माला प्रयोग नगर्ने लगाएतका कार्यले चर्चा गरेको सुनिएको बसेलको भनाई थियो । यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आव्हान गर्दै सम्पूर्ण चाडपर्वको शुभकामना ब्यक्त गरेका थिए ।

रिजन ८ का रिजन चेयरपर्सन निरा कोईरालाको अध्यक्षता रिजन ३ का रिजन चेयरपर्सन ज्ञान बहादुर रानाको संचालन रहेको क़ार्यक्रममा रिजन ६ का रिजन चेयरपर्सन सूर्य चपाईले स्वागत रिजन ५ का रिजन चेयरपर्सन कृष्ण कुमार श्रेष्ठले धन्यवाद ज्ञापन र रिजन १० का रिजन चेयरपर्सन मेनका श्रेष्ठले ध्वजाको अभिवादन पाठ वाचन गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक्ट अफिसरको तर्फबाट डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, सम्पूर्ण जोनचेयरपर्सनको तर्फबाट जोन १३ का जोन चेयरपर्सन संजीव घिमिरे, सम्पूर्ण क्लबहरूको प्रतिनिधित्व गर्दै लायन्सक्लब अफ पोखरा अर्पणका अध्यक्ष राधिका पाण्डे शुभकामना मन्तव्य राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…