२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबरमनोरन्जन

लाइभ प्रस्तुतिका लागि गायक वैद्य पोखरामा

पोखरा भ्यूज

पोखरा । नेपाल टुर अन्तर्गत शुक्रवार पोखरामा हुने कार्यक्रमका लागि युवा पुस्तामाझ लोकप्रिय गायक सज्जन राज वैद्य पोखरा आइपुगेका छन् । गायक वैद्यले ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत पोखराको वाराही घाटमा लाइभ प्रस्तुति दिनेछन् ।

उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन राजधानी पोखरामा स्वागत गरेका हुन् । गायक वैद्यलाई नगर प्रमुख आचार्यले पोखरा संसार कै एक उत्कृष्ट पर्यटन गन्तव्य सहर हो भन्ने सन्देश गीतसङ्गीत मार्फत दिन अनुरोध गरे । हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले अनुपम रहेको प्रमुख आचार्यले बताए । गीतसङ्गीतमा प्रचारको अविश्वसनीय शक्ति हुने भएकोले पोखरालाई विश्व बजार प्रवर्द्धन गर्न वैद्य जस्ता कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

अमेरिकाको न्युयोर्क बस्ने गायक वैद्यले आफ्नो हरेक भ्रमणमा आफू पोखरा आउने गरेको सुनाए । पोखरा छोट्टो समयका लागि भए पनि अनिवार्य रूपमा आउने गरेको उनले बताए । पोखरा आफूलाई निकै सुन्दर लाग्ने उनको भनाई थियो ।

आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा जारी टुरको पोखराको व्यवस्थापन भने प्रचार नेपालले गरिरहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ। ‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन लागेको तेस्रो कार्यक्रम हो ।

वैद्यका ‘हवाई जहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ लगायत गीत नेपाली युवापुस्ताले अत्यन्तै रुचाएका गीतहरू हुन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…