२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

डिष्ट्रिक्ट आई को तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब पर्वतमा

पोखरा भ्यूज

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याविनेट मिटिङ साहसिक पर्यटनको हब भएको जिल्ला पर्वतको कुश्मा बजारमा हुने भएको छ ।

आउँदो मंसिर २८ र २९ गते पर्वतको कुश्मा बजारमा सम्पन्न हुने बैठकमा डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत बाग्मती र गण्डकी क्षेत्रका १२ जिल्लाका २ हजार बढी लायन्स सदस्यहरु पर्वत आउनेछन् ।

पर्वतमा क्रियाशील ४ वटा लायन्स क्लबहरुको संयुक्त व्यवस्थापनमा हुने बैठकका लागि डिष्ट्रिक्ट को–अर्डिनेटर अर्जुन पौडेल’निर्जन’ लाई मूल आयोजक समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले जानकारी दिए ।

लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, पर्वत भूमेकोट, पर्वत गुप्तेश्वर मोदी र पर्वत सारथीको संयुक्त आयोजनामा स्थानीय व्यवस्थापन मिलाउने गरी संयोजकको जिम्मेवारी प्रदान गरिएको ढुंगानाले बताए ।

यस बैठकले जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीय उत्पादन, कला संस्कृतिको प्रवर्द्धन, स्थानीय व्यापार र व्यवसायको प्रवर्द्धनका साथै धार्मिक, सांस्कृतिक र प्राकृतिक क्षेत्रको संभावनाको खोजी गर्न बैठकले सहयोग पुग्ने विश्वास लिईएको तेस्रो क्याविनेट मिटिङ व्यवस्थापन मूल आयोजक समितिका संयोजक अर्जुन पौडेल ‘निर्जन’ले बताए ।

पर्वतमा साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजार आसपासमा विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, बन्जीसँगै पुलबाट हाम फाल्ने साहसिक खेल स्विङ, अग्लो भीरमा स्काई साइकलिङ, स्काई क्याफे, स्काई चियर्स, गुलेली शैलीको पिङलगायत थुपै साहसिक खेल संरचनाहरूले आन्तरिक एवं वाह्य पर्यटकहरुलाई आकर्षित गरेको पौडेलको भनाई छ ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…