२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

मुलुकलाई अस्थिरताबाट बचाउन काँग्रेस—एमालेको सरकार : काँग्रेस नेता श्रेष्ठ

पोखरा भ्यूज
स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पटक—पटक सरकार फेरिरहने अस्थिरताबाट बचाउन काँग्रेस—एमाले मिल्नुपरेको बताएका छन् । स्याङ्जाको वालिङमा काँग्रेसका कार्यकर्ताहरुको भेटघाट कार्यक्रममा काँग्रेस नेता श्रेष्ठले मुलुकलाई अस्थिर सरकारबाट बचाउन काँग्रेस—एमाले एक ठाउँमा उभिनु परेको बताएका हुन् ।

मुलुकको वर्तमान राजिनीतिक अवस्था र सरकारले गरेका कामको जानकारी दिन आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा काँग्रेस नेता श्रेष्ठले देशको स्थिरताका लागि काँग्रेस—एमाले मिलेर सरकार बनाउनु परेको बाध्यतात्मक अवस्थाका बारेमा जानकारी दिए ।

काँग्रेस र एमालेबाट बनेको सरकार आगामी निर्वाचन सम्म रहने बताउदै काँग्रेस नेता श्रेष्ठले यो सरकार बनेपछि सहकारीहरु ठगी गर्ने कारवाहिको दायरमा आएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूको व्यवहार राम्रो नभएको भन्दै नेता श्रेष्ठले आफ्ना नेताहरू पक्राउ पर्दा आफूहरूले कहिले पनि विरोध नगरेको उल्लेख गरे ।

आरोप लागेपछि अनुसन्धान गर्न पाउनु पर्छ काँग्रेस नेता श्रेष्ठले भने,‘दोषी भए रास्वपाका सभापति रवि लामिछानेलाई कारबाही हुन्छ ।’ अनुसन्धानमा दोसी नदेखिए लामिछानेले सफाई पाउछन्, यसका लागि सडक आन्दोलन गरेर अनुसन्धानलाई प्रभावित बनाउन पाइदैन श्रेष्ठले भने ।

रास्वपाले आन्दोलनका नाममा राष्ट्रिय झण्डाको दुरुपयोग गरेको समेत श्रेठले आरोप लगाएका छन् । रास्वपाले गरेको आन्दोलनमा राष्ट्रिय झण्डाको दुरुपयोग हुँदा सरकार मौन बस्न नहुने समेत तर्क पेश गरेका छन् । सडकमा आन्दोलन गरेर सहकारीको रकम अपचलन गर्ने व्याक्तिहरुले छुटकारा पाउछन् भन्ने दिवा सपना नदेख्न रास्वपाका नेता तथा कार्यकर्ताहरुलाई श्रेष्ठले चेतावनी दिए ।

दोहोरो नागरिकता, पास्पोर्ट र सहकारीको रकम अपचलनमा रास्वपाका सभापति लामिछाने माथी आरोप लागेपनि छानविनमा सघाउनुपर्नेमा झनै सडक आन्दोलन गरेर भष्ट्रचारलाई जोगाउने प्रयत्न गरेको श्रेष्ठको आरोप छ ।

नेपाली काँग्रेस अब एक्लै चुनाव लड्ने घोषणा गरिसकेकोले आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत बनाउने गरी लाग्न श्रेष्ठले काँग्रेसका कार्यकर्तालाई आग्रह गरे । पार्टीको निर्वाचनमा समुहको लडाई भएपनि आम निर्वाचनमा भने काँग्रेस एकजुट हुनुपर्ने काँग्रेस नेता श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा कार्यकर्ताहरुले नेतृत्वबाट नै गुटगतको राजनीति अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा स्याङ्जा क्षेत्र नम्वर २ का सभापति दिलिपप्रताप खाँण, क्षेत्र नम्वर २ को प्रदेश (ख) का सभापति तथा प्रदेश सांसद महेश भट्टराई, क्षेत्रीय सचिव फणिनारायण रेग्मीले काँग्रेसलाई विकास सगँ जोड्नुपर्नेमा जोड दिएका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…