२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

४५औं दिनको पुण्यतिथिमा बटुकलाई भोजन

पोखरा भ्यूज

पोखरा, २८ कार्तिक । लायन्स क्लब अफ पोखरा पुष्पबाटिकाको आयोजनामा पोखरा–३, नदीपूरस्थित श्री महर्षि गुरुकुल बेद बिध्याश्रममा रहेका बटुकलाई खाना खुवाईएको छ ।

बुधवार क्लबका संस्थापक कोषाध्यक्ष हरिश्चन्द्र बास्तोलाका स्वर्गीय पिता माधवप्रसाद बास्तोलाको ४५ औं दिनको पुण्यतिथिमा क्लबको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष भिमप्रसाद न्यौपानेले जानकारी दिए ।

क्लबका अध्यक्ष भिमप्रसाद न्यौपानेको अध्यक्षता लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट को–चिफ एडभाईजर ऋषि गिरी, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, डिष्ट्रिक्ट हंगर रिलिफ प्रोग्राम चेयरपर्सन हिरा भण्डारी, रिजन चेयरपर्सन ज्ञानबहादुर राना, जोन चेयरपर्सन दामोदर (दामु) आचार्य, गुरुकुलका अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष महेश पराजुलीलगाएत क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

गत असोज १३ गते स्वार्गरोहण भएका स्वर्गीय पिता बास्तोलाको स्मृतिमा ४५ औं दिनको पुण्यतिथीको अवसरमा स्व. बास्तोलाका धर्मपत्नी टिकादेवी बास्तोला, छोरी सावित्री बास्तोला आचार्य र छोरा हरिश्चन्द्र बास्तोलाले गुरूकुलमा आश्रित बटुकहरूको लागि एकदिनको भोजन वापत नगद ३५ हजार रूपैयाँ गुरुकुल बेद बिध्याश्रम अध्यक्ष रामचन्द्र पौडेल र उपाध्यक्ष महेश पराजुलीलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

श्री महर्षि गुरुकुल बेद बिध्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलका अनुसार कक्षा ६ देख़ि १० कक्षासम्म अध्ययन अध्यापन हुने बिध्याश्रममा ४२ जना बटुक(बिधार्थी)हरूलाई निशुल्क रूपमा भोजन, आवासिय सुविधासहित पठन पाठन हुदै आएको छ ।

क्लबका सचिव प्रवीण बरालको संचालन क्लबका उपाध्यक्ष बिक्रम पन्तले स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–चिफ एडभाईजर ऋषि गिरी, डिष्ट्रिक्ट हंगर रिलिफ चेयरपर्सन हिरा भण्डारी र बिध्याश्रमका अध्यक्ष रामचन्द्र पौडेललगाएतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…