
पोखरा भ्यूज
पोखरा । पोखरामा रगत अभाव पूरा गर्न बुधबार लायन्स क्लब अफ पोखरा आँधीखोलाले रक्तदान गरेको छ ।
पोखरा–७, रत्नचोकमा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ४१ पोइन्ट रगत संकलन गरेको हो ।
क्लबका अध्यक्ष पार्वती पनेरूको अध्यक्षता लायन्स अन्तर्राष्ट्रिय ड़िष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट को–चिफ एडभाईजर ऋषि गिरी, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, रिजन चेयरपर्सन ज्ञानबहादुर राना, जोन चेयरपर्सन केसी माया नेपाली, स्पोन्सर क्लब पोखरा पेन्गुईनका अध्यक्ष शिव पौडेल, ढुङगेसाँघुका अध्यक्ष मुकेश खड़का, क्लबका पदाधिकारीसहित सदस्यको उपस्थिति रहेको क्लबका सचिव सिता ठडाराईले जानकारी दिईन् ।
क्लबले रक्तसञ्चार केन्द्रका प्राविधिक, रक्तदाता, क्लब सदस्यहरुप्रति आभारसहित धन्यवाद व्यक्त गर्दै आगामी दिनमापनि लायन्सका सेवामुखी कार्यकमहरु सञ्चालन गरिने जनाएको छ ।











