२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

आँधीखोलाको रक्तदानमा ४१ पोईन्ट रगत संकलन

पोखरा भ्यूज

पोखरा । पोखरामा रगत अभाव पूरा गर्न बुधबार लायन्स क्लब अफ पोखरा आँधीखोलाले रक्तदान गरेको छ ।

पोखरा–७, रत्नचोकमा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ४१ पोइन्ट रगत संकलन गरेको हो ।

क्लबका अध्यक्ष पार्वती पनेरूको अध्यक्षता लायन्स अन्तर्राष्ट्रिय ड़िष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट को–चिफ एडभाईजर ऋषि गिरी, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, रिजन चेयरपर्सन ज्ञानबहादुर राना, जोन चेयरपर्सन केसी माया नेपाली, स्पोन्सर क्लब पोखरा पेन्गुईनका अध्यक्ष शिव पौडेल, ढुङगेसाँघुका अध्यक्ष मुकेश खड़का, क्लबका पदाधिकारीसहित सदस्यको उपस्थिति रहेको क्लबका सचिव सिता ठडाराईले जानकारी दिईन् ।

क्लबले रक्तसञ्चार केन्द्रका प्राविधिक, रक्तदाता, क्लब सदस्यहरुप्रति आभारसहित धन्यवाद व्यक्त गर्दै आगामी दिनमापनि लायन्सका सेवामुखी कार्यकमहरु सञ्चालन गरिने जनाएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…