
पोखरा भ्यूज
पोखरा, २८ कार्तिक । लायन्स क्लब अफ पोखरा पुष्पबाटिकाको आयोजनामा पोखरा–३, नदीपूरस्थित श्री महर्षि गुरुकुल बेद बिध्याश्रममा रहेका बटुकलाई खाना खुवाईएको छ ।
बुधवार क्लबका संस्थापक कोषाध्यक्ष हरिश्चन्द्र बास्तोलाका स्वर्गीय पिता माधवप्रसाद बास्तोलाको ४५ औं दिनको पुण्यतिथिमा क्लबको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष भिमप्रसाद न्यौपानेले जानकारी दिए ।
क्लबका अध्यक्ष भिमप्रसाद न्यौपानेको अध्यक्षता लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट को–चिफ एडभाईजर ऋषि गिरी, डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारी, डिष्ट्रिक्ट हंगर रिलिफ प्रोग्राम चेयरपर्सन हिरा भण्डारी, रिजन चेयरपर्सन ज्ञानबहादुर राना, जोन चेयरपर्सन दामोदर (दामु) आचार्य, गुरुकुलका अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष महेश पराजुलीलगाएत क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

गत असोज १३ गते स्वार्गरोहण भएका स्वर्गीय पिता बास्तोलाको स्मृतिमा ४५ औं दिनको पुण्यतिथीको अवसरमा स्व. बास्तोलाका धर्मपत्नी टिकादेवी बास्तोला, छोरी सावित्री बास्तोला आचार्य र छोरा हरिश्चन्द्र बास्तोलाले गुरूकुलमा आश्रित बटुकहरूको लागि एकदिनको भोजन वापत नगद ३५ हजार रूपैयाँ गुरुकुल बेद बिध्याश्रम अध्यक्ष रामचन्द्र पौडेल र उपाध्यक्ष महेश पराजुलीलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
श्री महर्षि गुरुकुल बेद बिध्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलका अनुसार कक्षा ६ देख़ि १० कक्षासम्म अध्ययन अध्यापन हुने बिध्याश्रममा ४२ जना बटुक(बिधार्थी)हरूलाई निशुल्क रूपमा भोजन, आवासिय सुविधासहित पठन पाठन हुदै आएको छ ।
क्लबका सचिव प्रवीण बरालको संचालन क्लबका उपाध्यक्ष बिक्रम पन्तले स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–चिफ एडभाईजर ऋषि गिरी, डिष्ट्रिक्ट हंगर रिलिफ चेयरपर्सन हिरा भण्डारी र बिध्याश्रमका अध्यक्ष रामचन्द्र पौडेललगाएतले आ–आफ्नो मन्तव्य राखेका थिए ।











