२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

प्रजातन्त्र सेनानी संघ कास्कीको अध्यक्षमा बराल निर्वाचित

पोखरा भ्यूज

पोखरा । नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीको अध्यक्षमा देवराज बराल निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समिति उपाध्यक्षमा जगन्नाथ गौतम, सचिवमा फडीन्द्रराज पराजुली रहेका छन् ।

यस्तै सदस्यमा चित्रप्रसाद खनाल, मोतीलाल वस्ताकोटी, राममणि भट्टराई, टेकनाथ घिमिरे, यमबहादुर रानाभाट, रामप्रसाद तिमिल्सिना, रमा कार्की, जीवनजंग हीमाली, टीकाराम बास्तोला, चिरन्जीवि अधिकारी, सोमनाथ अधिकारी, गोमा सुवेदी, राधा गौतम र हाईसुव्वा गुरुङ्ग छन् ।

यस्तै महाधिवेशन प्रतिनिधिमा कृष्ण मुरारी खनाल, तीर्थराज अधिकारी, नवीनवावु पौडेल, भूपेन्द्र बहादुर रानाभाट, भरतराज पौडेल, शोभाचन्द्र बराल र दयासागर सुवेदी छन् ।

कांग्रेसमा महत्वपूर्ण योगदान पुर्याउने २३ जना अग्रज प्रजातन्त्र सेनानीलाई सम्मान

कांग्रेसको विकास, विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने २३ जना अग्रज प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा लीलाभक्त आचार्य, भोजराज भण्डारी, केशव पराजुली, कृष्णमुरारी खनाल, मित्रलाल लामिछाने, कोमल पगेनी, पुलेन्द्रमान श्रेष्ठ, हरिबहादुर परियार, मेघमणि सुवेदी, केशबहादुर विक, भवानीप्रसाद बास्तोला, गंगामाया गुरुङ, भोला लामिछाने, विश्वनाथ रानाभाट, शकुन्तला गुरुङ, पुष्पराज पौडेल, बलबहादुर गुरुङ, हर्कबहादुर सुनार, अनन्तनाथ सुवेदी, खलिल मियाँ, नन्दप्रसाद तिवारी, देवीप्रसाद बस्ताकोटी, हाजी नसीरुद्दीन मियाँ छन् ।

उनीहरुलाई पूर्वसभामुख एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल र कास्की कांग्रेस सभापति किशोरदत्त बरालले सम्मान गरेका थिए ।
उक्त अवसरमा पूर्वसभामुख रानाभाटले पार्टीको प्रत्येक गतिविधिमा सेनानी संघको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेल, संघका केन्द्रीय अध्यक्ष दाहाल, पूर्वमन्त्री थापा, संघका केन्द्रीय प्रतिनिधि भरत भट्ट, कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी र महिला संघ जिल्ला अध्यक्ष मीना पाण्डेलगायतले बोलेका थिए ।

संघका अध्यक्ष नवीनवावु पौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष तीर्थ अधिकारीले स्वागत तथा सञ्चालन सचिव दयासागर सुवेदीले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…