२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरखेलकुद

क्रिकेट खेलाडीलाई जनही १/१ लाखले सम्मान

पोखरा भ्यूज

स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले आईसीसी महिला यू १९ विश्वकपका लागि छनौटमा परेका स्याङ्जाका ३ खेलाडीलाई जनही १/१ लाख सहित प्रमाणपत्रले सम्मान गरिएको छ । फाउण्डेसनको स्थापनाको अवसर पारेर भीरकोट-७, बलमाटामा आयोजना गरिएको बृहत बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा ३ खेलाडीलाई एक/एक लाख नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

उनीहरुलाई प्रतिनिधिसभा सांसद राजु थापा, फाउण्डेशनका संरक्षक खुमा अर्याल, डा. लुना अर्याल र अध्यक्ष लेखनाथ शर्माले तीनै जना खेलाडीलाई जनही एक/एक लाख नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

पुतलीबजार नगरपालिकाका ३ महिला खेलाडी आईसीसी महिला यू १९ विश्वकपमा पुर्‍याउन सफल भएको भन्दै उनीहरुको मनोवल अझै उच्च बनाउन टेवा पुग्ने उदेश्यले आफ्नो स्थापनाको दिवसमा नगद सहित प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।

पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी. र कुसुम गोदारसहित स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई पनि फाउण्डेसनले सम्मान गरेको छ । विश्वकपमा सहभागी हुन पाउने खेलाडी मध्ये स्याङ्जाका ३ जना रहेका छन् ।

सम्मान गर्दै सांसद थापाले खेलका माध्यमबाट स्याङ्जालाई विश्वभर चिनाउन सफल महिला क्रिकेट खेलाडीलाई बधाई दिँदै उनीहरूलाई हौसला र उर्जा बढाउनुपर्नेमा जोड दिए । खेलाडीहरु जिल्लाका मात्र नभई राष्ट्रका गहना भएको बताउदै सांसद थापाले सरकारले खेलाडीहरुको उच्च मनोबल बढ्नेगरी काम गर्नुपर्नेमा जोड दिए । फाउण्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद, रोजगार लगायतका बिषयमा महत्वपूर्ण भुमिका खेलेको चर्चा सांसद थापाले गरेका थिए ।
शिक्षा, स्वास्थ्य, खेलकुद र दैवी प्रकोप लगायतका क्षेत्रमा फाउण्डेसनले सहयोग गर्दै आएको छ । स्थापना देखी जिल्लाका विभिन्न क्षेत्रमा फाउण्डेसनले सामाजिक उत्तरदायीत्व अनुसारको काम गर्दै आएको छ ।

फाउण्डेसनले आयोजना गरेको बिशेषज्ञ सहितको स्वास्थ्य शिविरमा जिल्ला समन्वय स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारी, फाउण्डेसनका संरक्षक खुमाप्रसाद अर्याल, डा.लुना अर्याल, गण्डकी मेडिकल कलेजका सिइओ डा.रविन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, स्थानीय श्यामप्रसाद अर्याल लगायतका बक्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।

शिविरमा ४५ जनाले रक्तदान गरेको र झण्डै ७ सय बिरामी लाभान्वित भएका थिए । फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव ध्रुव शर्माले संचालन गरेका थिए ।

यसैबिच विश्वकपमा छनौट भएका स्याङ्जाका ३ महिला खेलाडीलाई पुतलीबजार नगरपालिकाले समेत नगद सहित सम्मान गर्ने भएको छ । नगरपालिकाको १६ औं नगरसभामा ३३ हजार ३३३ रुपैया नगद सहित ३ जना खेलाडीलाई सम्मान गरिने नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…