२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

बुद्ध ज्ञानलाई अनुसरण नगर्ने हो भने हाम्रो गौरवको कुनै औचित्य रहँदैनः मन्त्री पाण्डे

पोखरा भ्यूज
भक्तपुर, ९ मंसिरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिनु भएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु आवश्यकता रहेको बताएका छन् ।

आईतबार सम्पन्न बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नु भन्दा पनि बुद्घको ज्ञानलाई आफ्नो जीवनमा अनुसरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन ।’ देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्घान्तिक भन्दा व्यवहारिक र सदाचारि बनाउनु पर्ने आवश्यकता औल्याउदै मन्त्री पाण्डेले शिक्षा पद्घति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनु पर्नेमा जोड दिएका थिए ।

विभिन्न देशका बुद्ध धर्मका आध्येताहरुलाई नेपालको धर्म संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै मन्त्री पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गर्ने समेत विश्वास दिलाए । बुद्ध नेपालमा जन्मिएको भए पनि बुद्धको सन्देश विश्वभरि फैलाउन योगदान गरेकोमा मन्त्री पाण्डेले बुद्ध धर्मकी व्याख्याता आचार्य सुजिन लगायतको समूहलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष एवं पुर्व पराराष्ट्र मन्त्री एवम् राजदुत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तस्रो विश्व युद्घ त हुँदैन ? भन्ने त्रास रहेको बेला बुद्घ जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जीवनमा अनुसरण गरिरहेका देशका विद्घानहरु एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्वपुर्ण भएको बताए ।

सम्मेलनमा थाइल्याण्डबाट आएकी ९८ वर्र्षीया आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने ? भन्ने विषयमा प्रवचन दिएकी थिईन् । कार्यक्रम कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भक्तपुरका जर्मन होम्समा भएको थियो । डिस्कसन विद् आचार्य सुजिन ’ नामक सम्मेलनमा बुद्ध धर्मका विद्वान , अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरि थाइल्याण्ड सहित विभिन्न देशबाट ६० जना सहभागी मध्ये नेपालबाट ४ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका प्रा. डा.बाशुदेव काफ्ले, पुर्व उपकुलपति प्रा.डा.उपेन्द्र कोइराला, प्रा. डा. दयाराम श्रेष्ठ, बाग्मती प्रदेशका पुर्व सभामुख सानुकुमार श्रेष्ठ, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, बुद्धधर्मका अनुसन्धानकर्ता र शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…