२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबरशिक्षा

‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी-एक’ लोकार्पण

पोखरा भ्यूज
पोखरा, १० मङ्सिर । निवृत्त प्राध्यापक समाज, पोखराद्वारा प्रकाशित ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी-एक’ पुस्तक लोकार्पण गरिएको छ ।
पुस्तकको एक कार्यक्रमका बीच आज गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त भएर पोखरा र आसपासका क्षेत्रमा बसोबास गरिरहेका १०८ जना प्राध्यापकहरूको सङ्क्षिप्त परिचयात्मक जीवनी तथा अनुभवलाई पुस्तकमा समेटेको हो ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति गुरुङले लामो समय विश्वविद्यालयको सेवामा रही निवृत्त रहेका प्राध्यापकको जीवनी तथा अनुभव समेटिएको पुस्तक शिक्षाप्रद बन्ने विश्वास व्यक्त गरे । उच्च शैक्षिक क्षेत्र चिन्ताजनक भएको उल्लेख गर्दै उनले यसलाई सुधार गर्दै सरकारले फड्को मार्नु जरुरी रहेको बताए ।
विविधतायुक्त मुलुकलाई अझै राम्रो बनाउन सकिने बताउँदै उनले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले पुस्तक प्रकाशन मार्फत समाजले गरेको रचनात्मक कामको प्रशंसा गरे ।
पुस्तकको समिक्षा गर्दै विन्दुवासिनी सस्कृत विद्यापीठका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले पुस्तकमा प्राध्यापकहरूका जीवनका भोगाई र अनुभव बहुरंगी बगैंचाका फूल जस्तै गरी प्रस्तुत भएको टिप्पणी गरे । हाम्रो राज्य एवम् समाजले प्राध्यापकहरूलाई हेर्ने दृष्टिकोण लगायतका विषयहरू अनुभवका रुपमा पुस्तकमा आएको उनले बताए ।
समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले निवृत्त प्राध्यापकको परिचय र अनुभव समेटिएको पुस्तक प्रकाशनबाट विश्वविद्यालयहरूमा प्राध्यापन गर्ने आउँदो पुस्ताका लागि पनि महत्वपूर्ण शिक्षाप्रद बन्ने विश्वास व्यक्त गरे ।
समाजका अध्यक्ष पौडेलको सभापतित्व एवम् सचिव प्राडा ज्ञानबहादुर कार्कीको सञ्चालन रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष प्रा.पद्मशरण रेग्मीले गरेका थिए ।
कार्यक्रममा सहसम्पादक प्रा.डा.कृष्णप्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइराला, प्रा.डा.यादव शर्मा गौडेल, प्राज्ञ रमेश श्रेष्ठ लगायतले प्रकाशित पुस्तक एवम् अन्य विविध पक्षमा आ आफ्ना धारणा राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…