२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पिस सिटीको स्थापना दिवसमा विद्यालयमा शैक्षिक सामाग्री

पोखरा भ्यूज

पोखरा । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो १३औं स्थापना दिवस विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मनाएको छ । क्लबले विहिवार पोखरा–८, सिमलचौरस्थित श्रीराम आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्दै स्थापना दिवस मनाएको हो ।

क्लबले विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई स्टेशनरी र खेलकुदका सामग्री वितरण गरेको हो । स्टेशनरी सामग्री मध्ये १२ दर्जन कपी बाबा फ़ाउण्डेशन नेपालले उपलब्ध गराएको क्लबका पूर्व अध्यक्ष एवं बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए ।

उक्त सामग्री कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगाना क्लब अध्यक्ष दीपेन्द्र चालिसे लगाएतले बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम चालिसे, प्रधानाध्यापक तिर्थराज न्यौपाने, सहायक प्रधानाध्यापक कल्पना पौडेल रेग्मीलाई हस्तान्तरण गरेका थिए ।

क्लबले विगत १० वर्ष यता स्थापना दिवस अनावश्यक खर्च गर्ने क्रमलाई परिवर्तन गर्दै विभिन्न सामाजिक कामगरी मनाउंदै आएको क्लबका द्वितीय उपाध्यक्ष रविकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर राम बसेल, डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईले फजुल खर्च गरी स्थापना दिवस मनाउनु भन्दा यस्ता खालका रचनात्मक कार्यका माध्यमबाट मनाउँदा सामाजिक योगदानका साथै अरुका लागि पनि अनुकरणीय बन्ने धारणा राखे ।

क्लबका अध्यक्ष दीपेन्द्र चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गाना, पूर्व अध्यक्षद्वय टंकराज अधिकारी/जिवन ढुङ्गाना, क्लबका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बहादुर थापा लगाएतले क्लबले सामाजिक सेवाका क्षेत्रमा आँफूलाई अघि बढाइ रहेको बताउँदै यस अघिका बर्षमा विभिन्न विद्यालयमा पुस्तकालय स्थापना लगायत विविध पक्षमा सहयोग गरेको जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…